News Portal

रेडियो सुन्नुहोस्

भालुबाङ-प्यूठान सडक अझै खुलेन

झुलेनी नेटवर्क२०७९ असाेज २२
८७४ पटक
२०७९ असाेज २२

अविरल वर्षापछि आएको पहिरोले हिजोदेखि रोकिएको भालुबाङ-प्यूठान सडक अझै सुचारु भएको छैन । माण्डबी र सरुमारानी गाउँपालिकाको सीमाक्षेत्र सिमलचौर देखि बड्डाँडासम्मको सडकमा विभिन्न ठाउँमा आएको पहिरोले सडक अवरुद्ध भएको छ । कुडुले, सिमलचौर, बड्डाँडा ओरालो लगायत क्षेत्रमा ठूला-ठूला पहिरो आएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।
सडकमा आएको पहिरो हटाउन कार्यालयको जेसिबीले हिजो देखि प्रयास गरेपनि सडक सुचारु गर्न नसकिएको सडक डिभिजन कार्यालय प्यूठानका लेखा अधिकृत झगबहादुर दसौतीले जानकारी दिए । सडक सुचारु गर्न आज बिहानै पुनः दुई जना ट्राफिक प्रहरी सहित जेसीबी सिमलचौरबाट बड्डाँडा क्षेत्र तर्फ पठाइएको उनले बताए । धेरै ठाउँमा पहिरो आएर सडक बिग्रेका कारण पानी पूनः नपरेमा दिउँसोसम्म सडक सुचारु गर्न सकिने कार्यालयकाे भनाइ छ ।
यहि सडक अन्तर्गत चेरनेटा-चकचके क्षेत्रमा आएको पहिरो आज बिहान हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी शुवास खड्काले जानकारी दिए । हिजो दिउँसो पहिरोमा परेर वेपत्ता भएका माण्डबी ४ का स्थानीयको खोजतलासमा जानेक्रमा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले चेरनेटा-चकचके क्षेत्रको पहिरो हटाएको हो । प्यूठान-भालुबाङ सडक अवरुद्ध हँुदा जिल्ला अस्पताल प्यूठानमा इमर्जन्सि वार्डबाट रिफर भएका बिरामी उपचारमा बाहिर जान पाएका छैनन् । बिरामी बोकेर हिडेका एम्बुलेन्सहरु पनि अलपत्र अवस्थामा बाटामै रोकिएका छन । जिल्लाका प्रायाः ग्रामीण सडकहरु समेत अवरुद्ध छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...