News Portal

रेडियो सुन्नुहोस्

भालुबाङ-प्यूठान सडक अझै खुलेन

झुलेनी नेटवर्क२०७९ असाेज २२
६३० पटक
२०७९ असाेज २२

अविरल वर्षापछि आएको पहिरोले हिजोदेखि रोकिएको भालुबाङ-प्यूठान सडक अझै सुचारु भएको छैन । माण्डबी र सरुमारानी गाउँपालिकाको सीमाक्षेत्र सिमलचौर देखि बड्डाँडासम्मको सडकमा विभिन्न ठाउँमा आएको पहिरोले सडक अवरुद्ध भएको छ । कुडुले, सिमलचौर, बड्डाँडा ओरालो लगायत क्षेत्रमा ठूला-ठूला पहिरो आएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।
सडकमा आएको पहिरो हटाउन कार्यालयको जेसिबीले हिजो देखि प्रयास गरेपनि सडक सुचारु गर्न नसकिएको सडक डिभिजन कार्यालय प्यूठानका लेखा अधिकृत झगबहादुर दसौतीले जानकारी दिए । सडक सुचारु गर्न आज बिहानै पुनः दुई जना ट्राफिक प्रहरी सहित जेसीबी सिमलचौरबाट बड्डाँडा क्षेत्र तर्फ पठाइएको उनले बताए । धेरै ठाउँमा पहिरो आएर सडक बिग्रेका कारण पानी पूनः नपरेमा दिउँसोसम्म सडक सुचारु गर्न सकिने कार्यालयकाे भनाइ छ ।
यहि सडक अन्तर्गत चेरनेटा-चकचके क्षेत्रमा आएको पहिरो आज बिहान हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी शुवास खड्काले जानकारी दिए । हिजो दिउँसो पहिरोमा परेर वेपत्ता भएका माण्डबी ४ का स्थानीयको खोजतलासमा जानेक्रमा प्रमुख जिल्ला अधिकारी सहितको टोलीले चेरनेटा-चकचके क्षेत्रको पहिरो हटाएको हो । प्यूठान-भालुबाङ सडक अवरुद्ध हँुदा जिल्ला अस्पताल प्यूठानमा इमर्जन्सि वार्डबाट रिफर भएका बिरामी उपचारमा बाहिर जान पाएका छैनन् । बिरामी बोकेर हिडेका एम्बुलेन्सहरु पनि अलपत्र अवस्थामा बाटामै रोकिएका छन । जिल्लाका प्रायाः ग्रामीण सडकहरु समेत अवरुद्ध छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...