News Portal

रेडियो सुन्नुहोस्

नेकपाका पोलिट्‍ब्यूरो सदस्य जीवन्त र गम्भीर रिहा

सिखबर संवाददाता, काठमाडौं असोज १६
११३२ पटक
असोज १६

नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा चेतन शर्माले दायर गरेको रिटमाथिको न्यायाधीश अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो । यो पाँचौं रिट हो । दुबै नेता ६६ दिनपछि रिहा भएका छन् । यसअघि पनि सर्वोच्चले रिहा गर्न अादेश दिएपनि प्रहरीले परिसरबाटै पुनः गिरफ्तार गर्दै अाएको थियो ।

रिट निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, संखुवासभा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत संखुवासभालगायतलाई विपक्षी बनाइएको थियो ।

दुबै नेतालाई साउन १० गते काठमाडौंको नागढुंगाबाट प्रहरीले गिरफ्तार गरी झुटा मुद्दा लगाउँदै विभिन्न जिल्लाहरुमा पुर्याएको थियो । तर, प्रहरीले लगाएको कुनै पनि आरोप पुष्ट नभएको भन्दै सर्वोच्चले पटकपटक रिहा गर्न आदेश दिँदै आएको थियो ।
यसअघि पार्टीका प्रवक्ता प्रकाण्ड, नेतृ उमा भुजेल र आजाद केसी सर्वोच्वको आदेशमा रिहा भइसकेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...