News Portal

रेडियो सुन्नुहोस्

सिधैं ‘तँ’ भनिदिन्छु’ ‘जात सोधेर कसैले ‘तिमी’ भनेपछि

सिखबर संवाददाताकार्तिक ५ काठमाण्डाैं
२२४९ पटक
कार्तिक ५ काठमाण्डाैं

दलित आन्दोलनकी अगुवा तथा अधिकारकर्मी सुरु सुनेरले तल्लो जाति भनेर कसैल तिमी भनेर सम्बोधन गरेमा आफूले पनि ‘तँ’ भन्ने गरेकी बताएकी छन् । उनले जात सोधेर सम्बोधन गर्नु अहंकार भएको बताउँन् । आफ्नो अनुभव सुनाउँदै सुरुमा तपाईँ, हजुर जस्ता शब्द प्रयोग गर्ने तर जात सोधेपछि तिमी र तँ मा झर्ने गरेको बताएकी छन् ।

“कसैले आफ्नो बैनी भनी ‘तिमी’ भन्नु र आफ्नो नितान्त परिवार, आफन्त र एकदम नजिकको साथी–संगी बाहेक कसैले पनि हिजोको दिनमाजस्तो पहिला हजुर, तपाईं भन्ने अनि पछि जात सोध्ने अनि बिक, परियार, मिझार भनेपछि तपाईंबाट तिमी र तँ भन्ने रु अझ तँ त पल्लो गाउँकी कामी माईला, दमाई साइलाको छोरा–छोरी पो होस् त रु” फेसबुकमा लेखेकी छन् ।

सरुले यसलाई अहंकार–अहमता र दलित समुदायलाई दासी नै सम्झने उनलाई सम्मान गरि बोल्दा आफुलाइ सानो भए भनी सम्झिनेलाई आफूले पनि आफूले सिधैं ‘तँ’ भनेर सम्बोधन गर्ने बताउँछन् । “हजुर तपाईं भनी इज्जत गर्दागर्दै मलाई ‘तिमी’ भनी सम्बोधन गर्छ भने उसलाई मैले सिधैं ‘तँ’ भनी सम्बोधन गर्नेछु ।”

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...