News Portal

रेडियो सुन्नुहोस्

बंगलाचुलीको गुराँसेमा आगलागि, ३ जनाको जलेर मृत्यु

दशरथ घिमिरे२८ मंसिर, दाङ
१३०५ पटक
२८ मंसिर, दाङ

दाङको बंगलाचुली गाउँपालिका–८ गुराँसेका नवराज पुनको घरमा आगलागी हुँदा उनका एक छोरा र दुई छोरीको जलेर मृत्यु भएको छ ।

नवराज पुनका सात वर्षका छोरा कृष्णबहादुर पुन, पाँच वर्षकी छोरी अस्मिता पुन र साढे दुई वर्षकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता रामप्रसाद घर्ति मगरले जानकारी दिएका छन् । एक छोरा र दुई छोरीलाई घरमै सुताएर झारफुक गराउन नवराजकी श्रीमती जीवना पुन गाउँ गएकी थिइन् ।

एक वर्ष ४ महिनाका छोरा बिरामी भएका कारण झारफुक गराउन गएको बेला सोलारको ब्याट्री पड्किएर आगलागी हुँदा घरमा सुतेका उनीहरुका एक छोरा र दुई छोरीको जलेर मृत्यु भएको प्रहरीले बताएको छ । आगोमा परेर ७ वटा बाख्रा र चारवटा गाई समेत जलेका छन् । बिहीबार भएको आगलागी स्थानीय बासिन्दा र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...