News Portal

रेडियो सुन्नुहोस्

अपाङ्गहरूले सेवा नपाएको गुनासो

मधुसुदन पोख्रेल१६ मंसिर, प्यूठान
११८९ पटक
१६ मंसिर, प्यूठान

अपाङ्गहरुले आफुहरुले पाउने कुनै पनि किसिमको सेवा सहज रुपमा नपाएको गुनासो गरेका छन । दिगो विकासको लक्ष अपाङ्गता मैत्री भविश्य भन्ने मुल नाराका साथ २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा प्यूठान नगरपालिकाद्धारा आयोजित अनुशिक्षण तथा सरोकारवलाहरु बीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो गुनासो व्यक्त गरेका हुन ।

सेवा कागजमा मात्र सिमीत भएकोलभन्दै अपाङ्गहरु प्रती गर्ने व्यभार तथा सेवा अलि फरक भएको गुनासो राख्दै नगर अपाङ्गग सेवा सघंका सदस्य फन प्रसाद भन्डारीले यातायातमा क्षेत्रमा अभद्र व्यभार गर्ने,अपाङ्गपरिचय पत्रको लागु नगरीदिने, स्वास्थ्य क्षेत्रमा सेवा लीन जादा लाइनमै बस्नु पर्ने ,सरकारी सेवासुविधा पनि पहुचवालले मात्र पाउने,अपाङ्गगहरु प्रति पनि स्थानीय सरकारले चासो नदिएको गुनासो व्यक्त गर्दै हरेक क्षेत्रमा अपाङ्गमैत्री हुनु पर्ने माग राख्नु भएको छ । साथै कार्यक्रममा सरकारले पनि अपाङ्गगहरुका लागि स्वास्थ्य विमा निसुल्क हुनु पर्ने माग राखेका छन ।

प्यूठान नगरपालिका भित्र रहेका विभिनन वर्गमा पर्ने ४० जना अपाङ्गहरु लगाएत विभिन्न सरोकारवालाको उपस्थीती रहेको कार्यक्रममा प्रवक्त शिवराज पण्डितले अपाङ्गहरुका लागि संविधानमा भएका ऐन को बारेमा जानकारी गराउनु भएको थियो।कार्यक्रमा उठेका गुनासोको संवोधन गर्दै नगर प्रमुख अर्जुन कुमार कक्षपतिले अपाङ्गगहरुको संरक्षण गर्ने दयित्व स्थानिय सरकारको भएको भन्दै सरकारले दिने सेवासुविधा बाट कोहि नछुटोस भन्नका निम्ती स्थानिय सरकार लागि परेको बताउनु भयो । प्यूठान नगरपालिकाले अपाङ्गहरुका लागि ८ लाग वजेड विनियोजन गरेको बताउनु भयो । साथै कसैले पनि दुख नपाओस भन्न्को निम्ती नगरपालिकाले एकलाखको अपाङ्गकोषको स्थापना गरेको समेत जानकारी गराउनु भयो । साथै कक्षपतिले अव देखी ग वर्गका अपाङ्गले पनि पाउने सेवा नगर सरकारले व्यवस्था गरेको बताउनु भयो । कक्षपतिले स्थानीय सरकार नागरीककै साथमा रहेका भन्दै उठेका गुनासोहरुको तत्काल समाधान गर्न पहल गर्ने बताउनु भयो । नगर भित्र रहेका कुनै पनि नागरीकहरुको गुनासो र नगरपालिकाले दिने सेवा सुविधाको जानकारी लिनको लागि टोल फ्री नम्मरको पनि व्यवस्था गरेको बताउनु भयो । नम्मरमा फोन गर्दा पैसा लाग्दैन ।

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...