News Portal

रेडियो सुन्नुहोस्

राजनीतिक जवाफदेहिताविना थलिएको प्रजातन्त्र

–इराच ईरादनाव
९७१ पटक
  • व्यवस्था टिक्नका लागि त्यो जनताको वन्न सक्नुपर्दछ।

  • विद्रोहको विजारोपण थोरैले गर्दछन। आम जनता विद्रोहप्रतिको विश्वासले भन्दा वढि व्यवस्थाप्रतिको असन्तुष्टिले नै विद्रोहको वाटोमा लाग्ने गर्दछन।

  • विकासे अड्डाहरुमा मात्र हैन राजनीतिक दल र संरचनाहरुमा पनि पुर्ण जवाफदेहिता भयोभने मात्र लोकतन्त्र वलियो हुन्छ।

 

आजको जेठो पुस्ता नेपाली राजनीतिक परिस्थिती र भोगाईको दृष्टिले अत्यन्तै शौभाग्यसाली र स्वर्णिम पुस्ता हो। नातिका लागि ‘दन्त्यकथा’ जस्तै लाग्ने भयंकर ठुला आन्दोलन र विद्रोहहरुको शाक्षी हजुरवुवाहरु छन्। कैयन कहालिलाग्दा ज्वारभाटा सहितको विषम आन्दोलनका अभियुक्तले मोर्चामै जन्माएका सन्तानका लागि ति घटनाहरु ‘अचम्मको कथा’ जस्तै लाग्नेगर्छन्। आज हामिसंग रहेको जेठो पुस्ताले जहांनिया राणाशासन, प्रजातन्त्र, जनमतसंग्रह, पञ्चायत, वहुदल देखि संघिय लोकतान्त्रिक गणतन्त्रसम्मका राजनीतिक परिवर्तनहरुमा कतै शाक्ष्ीा वनेको छ, कतै अभियुक्तनै वनेको छ। आजको पुस्ताले यौटै व्याक्ति आधा दर्जन वढि राजनीतिक परिवर्तनका मोर्चाहरुमा अभियुक्त वनेको घटनाको शाक्षिसंग सहजै साक्षात्कार गर्न सक्छ जुन कुरा विरलै पाउन सकिन्छ। यसवाट स्पस्ट हुन्छ हाम्रो राजनीतिक चेतनास्तर, राजीतिक परिवर्तनका निम्ति गरेको त्याग र समर्पण साथै मुलुकमा भएको राजनीतिक उपलव्धिको अवस्था।

हामिले संघियता ल्यायौं, गणतन्त्र ल्यायौं, सामानुपातीक समावेसी संविधान ल्यायौं, एकात्मक शासनप्रणालीलाई हटायौं, राजतन्त्रलाई हटायौं, सामन्तवादी सामाजिक संरचनाहरुलाई भत्कायौं र आजको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौम नागरिक वन्यौं।
तर, जनताको असन्तुष्टि किन सकिएन? जनतावाट आलोचनामुक्त व्यवस्था निर्माण किन हुन सकेन? जनताको आफ्नै संघर्षवाट जन्माएको व्यवस्थाले जनताको मन किन छुन सकेन? यि प्रश्नहरुको समाधान खोज्नुको साटो सत्तामा रहनेहरु आलोचनाहरुको भ्रुणहत्या गर्न उद्यत रहे। विद्रोही चेतको वन्ध्याकरण गर्न उद्यत रहे। यस्ले थप असन्तुष्टिहरु, थप आलोचनाहरु र थप विद्रोहहरुको जन्म गरायो र गराईरह्यो। वास्तवमा यो नै आज प्रजातन्त्रको निम्ती ऐजेरु वनिरहेको छ।

नातिका लागि ‘दन्त्यकथा’ जस्तै लाग्ने भयंकर ठुला आन्दोलन र विद्रोहहरुको शाक्षी हजुरवुवाहरु छन्। कैयन कहालिलाग्दा ज्वारभाटा सहितको विषम आन्दोलनका अभियुक्तले मोर्चामै जन्माएका सन्तानका लागि ति घटनाहरु ‘अचम्मको कथा’ जस्तै लाग्नेगर्छन्।

७० वर्ष अगाडिको विद्रोहले ल्याएको प्रजातन्त्र र त्यसको उत्कृष्टताको निम्ति ल्याएका विभिन्न तन्त्रहरुप्रति जनता उत्साहित नहुनुका पछाडि व्यवस्थाको दोस कि व्यवस्था सञ्चालकहरुको? हामिले प्रजातन्त्र र लोकतन्त्रको अभ्यास सहि ढंगले गर्यौ कि गरेनौं? प्रजातन्त्र देखी लोकतन्त्रको नाममा पुरानै व्यवस्थाको पुनरावृत्ति गर्ने प्रयत्न नै आज जनताको विचमा व्याप्त व्यवस्थाप्रतिको असन्तुष्टिकोे प्रमुख कारण हो।

राष्ट्रवाद, राष्टियता र जनतन्त्र नेपाली राजनीतिक पृष्ठमा सत्तामा नपुगुन्जेलका नारा वनेका छन्। राजनीतिज्ञहरु जवसम्म सत्ता र शक्तिमा पुग्दैनन तवसम्म नेपाली जनता, नेपालको भुमी, यहांको प्राकृतिक सम्पदा र समग्र राष्टियताको सवालमा निकै तेजावी प्रेम गर्दछन। तर, सत्तामा पुगेपछी सिलापहाडजस्तो दृष्टिसुन्य, श्रवणसुन्य र भावसुन्य हुन्छन्। प्रजातन्त्र ल्याउनको निम्ति भारतका प्रधानमन्त्रिको सहजिकरणमा नयांदिल्लीमा भएको ४ वुदे दिल्लि संझौताका विरुद्धमा डा. के.आई सिंहको सिंहदरवार विद्रोहदेखी पछिल्लो समयमा भएका राष्टवादका नारा र विद्रोहहरु सिंहदरवारभित्रै गएर कुनै न कुनै रुपमा सखाप भएका छन्। यसको मुल कारण भनेको राजनीतिमा जवाफदेहिताहिन संस्कारको व्याप्तता हो।

हामि चाहन्छौं प्रश्नहरु नउठुन। आलोचनाहरु नहोउन्। विरोधका आवाजहरु नआउन। सवैकुरा हामिले सोचेजस्तै ‘हाई–हाई’ गतिमा अगाडि वढिरहोस्। तर, अंह त्यसो भएन र हुन सकेन। किनकी मान्छेहरु प्रश्न गर्दन, आलोचना गर्छन र विरोध गर्छन। यो दर प्रजातन्त्रमा अझै वढि हुन्छ र हुनुपर्दछ। सत्तामा जानका लागि प्रजातन्त्र ल्याउने र आलोचनावाट भाग्नका लागि अनुशासन सिकाउने प्रवृत्तीले जनतामा व्यापक असन्तुष्टी पैदा गर्दछ। हो जनताको चेतना र सोचाईमा परिवर्तन हुनुपर्दछ। जनतामा अनुशासन हुनुपर्दछ। यो महत्वपुर्ण विषय नै हो। तर, जनताले जन्माएको व्यवस्था जनताको वन्नको निम्ति योभन्दा महत्वपुर्ण विषय राजनीतिक दलहरुमा, नेताहरुमा, र संरचनामा जवाफदेहिता हुनुपर्दछ। हामिले सुशासनको नाममा विकासे अड्डाहरुको जवाफदेहिता खोज्यौं। निजामती क्षेत्रको जवाफदेहिता खोज्यौं। निजी क्षेत्रमा पनी कैयौं पटक जवाफदेहिताको खोजि गयौं। तर, आफुहरु आफ्ना भनाईहरुप्रती, प्रतिवद्धताहरुप्रती, घोषणाहरुप्रति र राजनीतिक दस्तावेजहरुप्रती जवाफदेही कहिल्यै वन्न खोजेनौ। यस्ले हाम्रो लोकतन्त्रदेखी प्रजातन्त्रसम्म सवै व्यवस्थाहरुलाई कमजोर वनायो र वनाईरहेको छ।

जनताको आफ्नै संघर्षवाट जन्माएको व्यवस्थाले जनताको मन किन छुन सकेन? यि प्रश्नहरुको समाधान खोज्नुको साटो सत्तामा रहनेहरु आलोचनाहरुको भ्रुणहत्या गर्न उद्यत रहे। विद्रोही चेतको वन्ध्याकरण गर्न उद्यत रहे। यस्ले थप असन्तुष्टिहरु, थप आलोचनाहरु र थप विद्रोहहरुको जन्म गरायो र गराईरह्यो।

विविसी जस्तो अन्तराष्ट्रिय मिडियामा सार्वजनीक सरोकारको महत्वको विषयमा ‘तपाईहरुविच के सहमति भएको थियो?’ भनेर पत्रकारले प्रश्न गर्दा ‘म भन्न चाहन्न, जवरजस्ति गर्न पाईन्छ?’ भनेर जवाफ फर्काउने नेतृत्वप्रति विश्वास गरेर हामिले तालि वजाउनुपर्ने विडम्वनाले देशमा राजनीतिक जवाफदेहिता कस्तो छ भनेर छर्ल· पार्छ। कुकुरको पिसावले गलेको विद्युतको पोलमा फोटो टासेर नयां युगको सुरुवात भएको घोषणा गर्ने नेतृत्वप्रती नयां युगका आधारहरु नखोजेरै ताली वजाईदिनुपर्ने छ। प्रतिपक्षको त के कुरा गर्नु, सिमाका स्तम्भहरु हराउंदा निदाएको नेतृत्व भ्रष्टाचारीहरुमाथी मुद्धा चल्दा जुरुमुराएर संसद अवरुद्ध गर्छ। …………… भन्दा देख्नेलाई लाज।

जनता, कर्मचारीतन्त्र, निजीक्षेत्र आदी क्षेत्रको भनाई विशेष सन्दर्भवाहेक महत्वपुर्ण समाचारको लागि योग्य हुदैन। तर राजनीतिक नेतृत्वका हरेक भनाईहरु समाचारको लागि महत्वपुर्ण स्थान पाउंछन किन? किनकी नेतृत्व वोल्नुले त्यो काम गर्नुसंग अर्थ राख्दछ। उनिहरु भनेपछी काम गर्ने पहुंचमा हुन्छन। यसकारण उनिहरुको भनाईले काम गर्ने विषयसंग महत्व राख्दछ। लिडरसिप वोलेपछी अनौपचारीक रुपमा निर्णय नै वुझने आम प्रचलन छ। तर, दिनमा १२ ठांउ पुगेर १२ थरि कुरा गर्ने प्रवृत्तिले राजनीतिक नेतृत्वप्रती अविश्वास र राजनीतिप्रति आम जनतामा वितृष्णा पैदा गरेको छ।

व्यवस्था जनताको विचमा रहनका लागि जनताको वन्न सक्नुपर्दछ। एकात्मक राज्यव्यवस्था, प्रजातन्त्र, वहुदल, लोकतन्त्र हामिले जे नाम दिएपनी व्यवस्था टिक्नका लागि त्यो आम जनताको मनमा वस्नुपर्दछ।

 

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी