News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीको पनि आफ्नै भवन बन्ने

झुलेनी नेटवर्क २०८३ वैशाख २१ गते
२९४ पटक
२०८३ वैशाख २१ गते

प्यूठान,
प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का र उपाध्यक्ष रमेश कुमार श्रेष्ठले आज संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

२०८२ चैत्र २७ गते शुभम निर्माण सेवा/सुनिल एण्ड विजय कन्स्ट्रक्सन प्रा.लि जेभी रोल्पासँग २०८४ असार २० गतेभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको गाउँपालिकाका इन्जिनियर हेमराज बस्नेतले जानकारी दिए । उनका अनुसार भवन ६ करोड ७२ लाख ७५ हजार ८ सय ३८ रुपैँया २० पैसा लागत निर्माण सम्पन्न हुनेछ । भवन ३ सय ५७ दशमलव ५ वर्गमिटर क्षेत्रफलमा बन्ने उनले बताए ।

 

नयाँ प्रशासकीय भवन निर्माणपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। शिलान्यास कार्यक्रममा पालिकाका जनप्रतिनिधिहरु, कर्मचारी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...