News Portal

रेडियो सुन्नुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

झुलेनी नेटवर्क २०८३ वैशाख २२ गते
३९८ पटक
२०८३ वैशाख २२ गते

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। आफ्ना नागरिकलाई घर नजिकैको बस्तिमा सेवा दिने उद्देश्यले मल्लरानी गाउँपालिका वडा नं.–३ ले सामाजिक सुरक्षा भत्ता वडाका दुई स्थानबाट वितरण गरिरहेको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंक खलंगा शाखाले वडा कार्यालय र नेपाल प्रहरीसंगको सहयोगमा गाउँमै गएर वडावासीलाई भत्ता दिईरहँदा सोमबार बैंक र वडा अध्यक्षले बाटोमै भत्ता दिएर वडावासीको मन जितेका छन्।

जेविन्डाँडाका स्थानीय जेष्ठ नागरिक ८४ बर्षीय डिल बहादुर घर्ती मुसलधारे पानी परेर भत्ता बाड्ने स्थान चौरपानी सेवा ईकाईमा पुग्न नसकेपछि बाटोमा रहेको एक सहकारीमा ओत लागेर बस्नु भएको थियो वडा अध्यक्ष नोमराज पौडेलले भने,– ‘बाले मलाई अति जरुरी छ बाबु मलाई भत्ता दिनुन भनेर गाडी रोकेपछि बैंकका कर्मचारीहरुले बाटोमै पैसा दिँदा उहाँ खुसी हुनुभयो र धन्यवाद दिनुभयो ।’

७५ बर्षीय चित्रादेवी शर्मा पनि सोमबार दिउँसो आएको हावाहुरी र पानीका कारण सुरक्षा भत्ता वितरण गरेको स्थानमा जान नसकी बाटो मै बसेकी थिईन्। यता पानीका कारण भत्ताको पैसा लिन पाईनन् भने उता अर्काे दिन महिला समुहमा पैसा बुझाउनु पर्ने भएर चिन्तित थिईन्। उनले पनि बाटोमा नै गाडी रोकेर समस्या बताएपछि भत्ताको पैसा दिएको वडाध्यक्ष नोमराज पौडेलले बताए ।

सकेसम्म वृद्धवृद्धाहरुले दुःख पाउन नपरोस् भन्ने उद्देश्यले जनप्रतिनिधि र प्रहरीको रोहबरमा आफुहरुले काम गरिरहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक खलंगा शाखाका प्रमुख विञ्जुन बस्नेतले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...