News Portal

रेडियो सुन्नुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

झुलेनी नेटवर्क २०८३ वैशाख १५ गते
२८६ पटक
२०८३ वैशाख १५ गते

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की १८ वर्षीया गर्भवती किशोरी यमुना बस्नेतको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि आएकी गर्भवती किशोरीमा स्वास्थ्य जटिलता देखिएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलले जानकारी दिए । थप उपचारका लागि हवाई उद्धार मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उनले बताए ।

दुर्गम क्षेत्रका गर्भवती महिलाहरूको ज्यान जोगाउन सरकारले सञ्चालन गरेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत कृष्ण थापाले बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय र सहजीकरणमा उद्धार गरिएको उनको भनाई छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...