News Portal

रेडियो सुन्नुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

झुलेनी नेटवर्क २०८३ वैशाख १५ गते
४४९ पटक
२०८३ वैशाख १५ गते

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की १८ वर्षीया गर्भवती किशोरी यमुना बस्नेतको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि आएकी गर्भवती किशोरीमा स्वास्थ्य जटिलता देखिएपछि हेलिकप्टर मार्फत उद्धार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पौडेलले जानकारी दिए । थप उपचारका लागि हवाई उद्धार मार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको उनले बताए ।

दुर्गम क्षेत्रका गर्भवती महिलाहरूको ज्यान जोगाउन सरकारले सञ्चालन गरेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत हवाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकीय अधिकृत कृष्ण थापाले बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय र सहजीकरणमा उद्धार गरिएको उनको भनाई छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...