News Portal

रेडियो सुन्नुहोस्

देउखुरीकाे पाखापानीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु, शब अझै उठेन

सन्ताेषकुमार गुप्ता२ भाद्र, दाङ भालुवाङ
११९९ पटक
२ भाद्र, दाङ भालुवाङ

देउखुरीमा आज टिप्परको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिप्परले ठक्कर दिदा सोही ठाउँ निवासी सचिन कुमालका छाेरा बर्ष ५ का साकेत कुमालको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् ।
भालुबाङबाट लमही तर्फ जाँदै गरेको टिप्परले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिमा गुडेको टिपरले बालकलाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ । यता बालकका शब भने घटना स्थलबाट उठ्न सकेकाे छैन । मृतक बालकका बुवाआमा भारतमा रहेकाेले उनीहरूले आफू नआउँदै शब नउठाउन भने पछि शब उठ्न नसकेकाे स्थानीय भिसुन शाहीले जानकारी दिएका छन् । यधपी बालककाे शब उठाउने बिषयमा पिडित परिवारका आफन्त र प्रहरी बीच छलफल भईरहेकाे बताइएकाे छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानीमा थपिए तरकारी खेतीका १ सय नयाँ टनेल

मल्लरानी गाउँपालिका वडा नं. ५ सरङ्गकोटका मुकुन्द मल्ल तीन वर्षअघि बैदेशिक रोजगारीबाट फर्किए । गाउँमा...

ईजरायलबाट फर्किएर पूर्वश्रीमतिको हत्या

ईजरायलबाट फर्किएका एक युवकले आफु बैदेशिक रोजगारीमा रहेको बेला दोश्रो विवाह गरेकी पूर्वश्रीमतिको हत्या गरेका...

एकिकृत कृषि कार्यालयद्वारा चालु वर्षका योजनाहरुको अनुगमन

एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेको...

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...