News Portal

रेडियो सुन्नुहोस्

यसपालिको हरितालिका तिज र कोरोना महामारी

सिता न्यौपानेविचार
१६५६ पटक
विचार

तिज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपुर्ण चाड हो। जुन भाद्र शुक्ल द्धितियादेखि पञ्चमी तिथीसम्म ४ दिन मनाउने गरिन्छ।तिजमा खासगरि भगवान शिवको पुजा आरधना गरिन्छ।तिज नेपालभर त मनाईन्छ नै भारतका कुनै कुनै प्रान्तहरुमा पनि मनाउने गरिन्छ। त्यस्तै पछिल्लो समय बैदेशिक रोजगारीको सिलसिलामा तेस्रो मुलुक गएका नेपाली चेलीहरुले पनि यो पर्व मनाउन थालेका छन्।
तिज पर्वलाई विवाह भएर घरमा गएका नारीहरुका लागि आफु जन्मेको घर,आमाबुबा, भाई बहिनी,इष्टमित्र कहाँ गएर जमघट गर्ने र रमाईलो गरि मनाउने पर्वको रुपमा लिने गरिन्छ। साथै यो पर्वको बेला आफन्तहरु एकै ठाउँमा भेला भएर राम्रो लाउने, मिठा मिठा परिकारहरु खाने र नाँच गान गरेर रमाईलो गर्ने गरिन्छ।

पार्वतीले तपस्या गरि ब्रत बसेको एक सय बर्ष पुरा हुँदासम्म पनि फल नपाउँदा एकदिन उनले शिव लिङ्गको स्थापना गरि पानी पनि नखाई ब्रत बसिन। पार्बतीको यस्तो कठोर तपस्या देखेर शिवजी प्रकट भई चिताएका कुरा पुगोस भनि आशिर्वाद दिएपछि भाद्र शुक्ल तृतियाको दिन शिव र पार्बतीको बिहे हुन पुग्यो। सोही तिथिदेखि हिन्दु नारीहरुले यस दिनलाई उत्सवको रुपमा मनाउन थाले।

तिज पर्वको ऐतिहासिक पृष्ठभुमि अर्थात हिन्दु धार्मिक ग्रन्थ अनुसार यसको छुट्टै महत्व छ।ग्रन्थ अनुसार राजा हिमाालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसंग गरिदिन लागेका बेला पार्वतीले आफ्ना पिताको कुरा नमानी आफुलाई मन परेको शिवजीको तपस्या गर्न थालिन। पार्वतीले तपस्या गरि ब्रत बसेको एक सय बर्ष पुरा हुँदासम्म पनि फल नपाउँदा एकदिन उनले शिव लिङ्गको स्थापना गरि पानी पनि नखाई ब्रत बसिन। पार्बतीको यस्तो कठोर तपस्या देखेर शिवजी प्रकट भई चिताएका कुरा पुगोस भनि आशिर्वाद दिएपछि भाद्र शुक्ल तृतियाको दिन शिव र पार्बतीको बिहे हुन पुग्यो। सोही तिथिदेखि हिन्दु नारीहरुले यस दिनलाई उत्सवको रुपमा मनाउन थाले। ग्रन्थ अनुसार नै बिश्लेषण गर्ने हो भने पनि पौराणिक कालदेखि नै यसको महत्व रहेको पाईन्छ।

हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज आउन अब केहि दिन मात्र बाँकी छ। अघिल्लो बर्षको तुलनामा यस बर्षको तिज पर्व खासै उल्लासमय देखिदैन। गाउँशहरमा यसको चहलपहल बढेता पनि कोरोना संक्रमणका कारण उच्च जोखिम बढेकाले जमघट रमाईलो गरेर मनाउने अवस्था छैन। त्यसकारण पनि यसपटक सधैं जस्तो तिजको रौनक छैन। होईन भने यतिबेला गाउँघरमा दीदी बहिनी मिलेर विभिन्न संघ संस्थाहरुको आयोजनामा दर खाने कार्यक्रमहरु भैरहेका हुन्थे। धेरै साथीसंगीसंग रमाईरहेका हुन्थे तर अहिले त्यो अवस्था छैन।पहिले पहिले तिजमा खासगरी चेलीका वेदनाहरु सुन्न पाईन्थे तर अहिले विस्तारै यसको महत्व र मौलिकता हराउँदै गएका छन। तिज गितका नाममा रमाईलोलाई मात्र जोडेर विभिन्न उछृंखल शब्दहरु प्रयोग भएका गितहरु सुन्न पाईन्छन्। त्यसमा पनि तिजका मौलिक भाकाहरु हराएर पप तथा रिमिक्स खालका तिज गितहरु बजारमा आएका छन।खास गरि महिलाहरुको पर्वको रुपमा मनाईने तिज पर्वलार्ई महिला हिंसाको बिरुद्धमा स्थापित गर्न तर्फ लैजान सक्नुपथ्र्यो त्यो पनि हुन सकेको छैन।

हिजोका दिनमा गाँउघरमा महिलाहरुले भोग्ने पिडाहरुलाई समेटेर निकै मार्मिक गितहरु गाएर एकै दिन सबै महिला भेला भएर दुःख साटासाट गर्ने पर्वको रुपमा हरितालिका तिज स्थापित भएको थियो। अहिले त्यसो भन्दा पनि सामाजिक बिकृति मच्चाउने पर्वको रुपमा यो आउने खतरा बढेको छ ।

समय अनुसार हाम्रा संस्कृतिहरुलाई परिस्कृत गर्दै लैजाने बिषय राम्रो हुँदा हुँदै पनि यसको मूल भावनामा नै कुल्चेर बिकृति मच्चाउने काम भैरहने बिषयलाई रोक्नु पर्दछ । महिलाहरुको भावना, महिलाहरुले भोग्ने पिडाहरुलाई समेटर सामाजिक रुपान्तरणको बिषय समेटेर तिज पर्व मनाउनु पर्नेमा त्यसो भएको देखिदैन । हिजोका दिनमा गाँउघरमा महिलाहरुले भोग्ने पिडाहरुलाई समेटेर निकै मार्मिक गितहरु गाएर एकै दिन सबै महिला भेला भएर दुःख साटासाट गर्ने पर्वको रुपमा हरितालिका तिज स्थापित भएको थियो। अहिले त्यसो भन्दा पनि सामाजिक बिकृति मच्चाउने पर्वको रुपमा यो आउने खतरा बढेको छ । पछिल्लो समय तिजलाई सामाजिक रुपान्तरणको लागि मनाउने बिषय पनि आएको छ। केहि बिकृतिहरु देखिए पनि सबै महिलाहरु जम्मा हुने ,भेटघाट हुने र बाल्यकालमा संगै खेलेका साथीभाईहरुसंग भेट भई माया साटासाट गर्ने र त्यहि अवसरमा सामाजिक सचेतना मूलक कार्यक्रमलाई जोडी समाज रुपान्तरणमा टेवा पुर्याउने कार्यक्रमहरु पनि केहि मात्रामा हुने गरेका छन् ।

तिज पर्वलाई हामी सबै मिलेर सामाजिक रुपान्तरणको लागि महत्वपुर्ण पर्वको रुपमा स्थापना गर्न लाग्नु पर्दछ ।

यस बर्षको तिज अघिल्ला बर्षहरुमा जस्तो रमाईलो छैन। विश्वभर नै फैलिएको कोरोना भाईरस संक्रमणको त्रासका कारण साथीभाई जम्मा हुने नाचगान गर्ने अवस्था छैन।यो बेलामा हामी सबै आफ्नो ठाउँबाट सचेत र संयम भई सुरक्षित हुने बेला छ।कोरोना भाईरस सन २०१९ को डिसेम्बरमा चीनको वुहान शहर नजिकै पशुपंक्षी व्यापार हुने एउटा बजारबाट देखिएको हो।यो भाईरस अचानक एक महिना मै विश्वभर फैलिएर धेरै मानिसको ज्यान गयो ।केहि निको भएर घर फर्किए केहि उपचाररत छन्। संक्रमणको दर अझै उच्च दरमा बढ्दो छ।कोरोना भाईरसका कारण मैले यो लेख तयार पार्दासम्म विश्वभर संक्रमितको संख्या २ करोड १५ लाख ९० हजार ५ सय ७८ जना पुगिसकेको छ। यसको संक्रमणका कारण हालसम्म ७ लाख ७३ हजार ६ सय ४९ जनाको मृत्यु भैसकेको छ।त्यस्तै १ करोड ३५ लाख ९३ हजार ६ सय ७८ जना उपचारपछि घर फर्किएका छन् भने ६५ लाख १४ हजार ९ सय ४९ जना उपचाररत रहेका छन्।
त्यसै गरि नेपालमा २६ हजार ६ सय ६० जना अहिले सम्म कोरोना भाईरसका कारण संक्रमित बनेका छन भने १ सय ५ जनाको मृत्यु भैसकेको तथ्यांक छ।त्यस्तै १७ हजार ३ सय ३५ जना उपचारपछि घर फर्किएका छन्।

यस्तै प्युठान जिल्लामा कोरोना संक्रमितको अवस्था हेर्ने हो भने हालसम्म कोरोना भाईरसका कारण ४ सय ५ जना संक्रमित भएका छन् भने ६८ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। कोरोना भाईरस बिशेष गरि ¥यालको माध्यमबाट सर्ने भनिए तापनि अहिलेसम्म यसको मुल कारण यहि हो भन्ने अवस्था छैन। हालसम्म यसको उपचारका लागि औषधी वा कुनै पनि खोप बन्न सकेको छैन। केहि समययता विभिन्न देशका वैज्ञानिकहरुले यसको अनुसन्धान गरिरहेका छन्। खोप बनेको कुरा पनि बाहिर आईरहेका छन्। रुसले पनि खोप बनेर परिक्षण तथा प्रयोग गर्ने भन्ने सुचनाहरु पनि आईरहेका छन्। जे जे भएता पनि हालसम्म लक्षणका आधारमा उपचार गर्नुपर्ने अवस्था छ ।

सबैलाई जोखिम उत्तिकै भए पनि दिर्घरोगीहरु र वृद्धवृद्धाहरु यसको उच्च जोखिममा छन्। त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षा निकायमा काम गर्नेहरु पनि यसको उच्च जोखिममा छन्। महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिम सबैतिर छ। त्यसकारण भौतिक दुरि कायम राख्ने,नियमित रुपमा साबुनपानीले हात धुने,व्यक्तिगत सरसफाईमा ध्यान दिने,अनावश्यक रुपमा भिडभाडमा नजाने यदि जानै पर्ने अवस्था आए अनिबार्य रुपमा मास्क र स्यानिटाईजरको प्रयोग गर्ने गर्नुपर्दछ ।

नजिकिईरहेको तिज पर्वमा यसबर्ष कुनै रौनक छैन। पहिले जस्तो मादलको आवाज अनि नाँचगान र तिज गितका भाकाहरु सुनिएका छैनन्। दिदि बहिनी साथीभाईहरुसंगको भेटघाट गर्ने अवस्था पनि छैन। कोरोना भाईरसको संक्रमणले हुने दैनिक क्रियाकलापहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको छ।

आर्थिक उपार्जनको पाटोदेखि नियमित कामकाज आवतजावत हरेक कुरामा असर परेको छ ।रमाउने मिठो खाने र राम्रो लाउने बिषय पैसा संग जोडिएको छ ।यसको संक्रमणले देशको त के कुरा मुलुककै अर्थतन्त्र धरापमा परेको छ। यसबर्ष कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै तिज गित कार्यक्रम नगर्न भनिएको छ । र हामीले गर्न पनि हुदैंन। तिज पर्वलाई भड्किलो नबनाई यस बर्ष घर मै बसेर अनावश्यक रुपमा खर्च नगरि खुसिका साथ तिज मनाऔं। स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्यबद्र्धक खानपिनमा जोड गरौं, देखासिकीमा होईन आफुसंग जे छ त्यसैमा रमाऔ, आफु बचौं र अरुलार्ई पनि बचाऔं। जहाँ छौ त्यही सुरक्षित साथ बसौं।सचेत र संयमित बनौ । हरितालिका तिजको सबैलाई हार्दिक मंगलमय शुभकामना!

लिस्ने जनसञ्चार साप्ताहिको मिति २०७७ भदौं ०२ गते मंगलबारको अंकमा प्रकाशित

 

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...