News Portal

रेडियो सुन्नुहोस्

‘टलकवहादुर ईमानदार योद्घा हुनुहुन्थ्यो’- ईन्चार्ज खड्का

बोम वहादुर परियार२९ असोज, प्यूठान
१३२६ पटक
२९ असोज, प्यूठान

नेपाल कम्युनिष्ट पार्टिका केन्द्रीय सदस्य, जिल्ला ईन्चार्ज एवं प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले मल्लरानी गाउँपालिकाका पुराना कम्युनिष्ट नेता टलकवहादुर नेपाली कम्युनिष्ट अान्दोलनका एक ईमानदार योद्घा रहेको र उहाको निधनले कम्युनिष्ट अान्दोलनमै क्षेति पुगेको वताउनु भएको छ। टलक वहादुर नेपालिको निधन भएको छ। प्युठान मल्लरानि गाउपालिका २ चुजा निबासि नेकपा मल्लारानि का सल्लाहकार समेत रहनु भएका पाटिका सक्रिय सदस्य नेपालिको मंगलबार साझ मृत्यु भएको हो । वि.स. १९९८ असोज २७ गते जन्मनुभएका उहाको ७९ बर्षको उमेरमा निधन भएको परिवार ले जनाएको छ । लामो समयदेखि फोक्सोको समस्याले ग्रसित भई मृत्यु भएका नेपालिको पाटीको झन्डा ओडाई अन्त्येष्टि गरिएको छ। श्रदान्जलि सभामा बोल्दै नेकपा का केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज प्यूठान जिल्लावाट निर्वाचित प्रदेश शभा सदस्य कृष्णध्वज खड्काले स्वर्गिय टहल बहादुर नेपालि बिगत ५१/५२ सालदेखि नै पाटिको जिम्मेवार सक्रिय सदस्य को रुपमा रहि काम गरेको र उहालाई गुमाउनु पर्दा पाटिले ठुलो क्षति ब्यहोर्नु परेको बताउनु भयो । स्वर्गिय नेपाली पुर्ब भारतीय सेना तथा जनयुद्ध कालका एक सहयोगी रहनुभएको थियो। उहाले स्वर्गिय नेपालिको परिवारमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस भन्दै समबेदना व्यक्त गर्नुभएको छ। कार्यक्रममा मल्लरानी गाउपालीका सह इन्चार्ज एवं पार्टी सचिवालय सदस्य नारायण भट्टराई ,पाटि अध्यक्ष ईमान सिंह भारती , जिल्ला सदस्य टिकाराम पोख्रेल, निर्मला पौडेल , राधा अधिकारी , मल्लरानी गाउकमिटिका कार्यालय सचिव गोपाल प्रशाद नकर्मी, सचिबालय सदस्य बल बहादुर खत्री , शिक्षक धन बहादुर पुन लगायत स्थानीय सयौ नेता कार्यकर्ताको उपस्तिथिमा श्रद्घञ्जली अर्पण गरिएको थियो । नेपालिका ८ भाई छोरा ४ बहिनि छोरि रहेका छन ।

प्रतिकृया दिनुहोस्

गाउँपालिकाको टिमले गर्‍यो मार्सिवाङ खेलमैदान सरसफाई

माण्डवी गाउँपालिकाले मार्सिवाङ खेलमैदान सरसफाई गरेको छ । गाउँपालिकाले गत विहिबार देखि हिजो शनिबारसम्म सञ्चालन...

प्रथम अध्यक्ष कपको उपाधि सुनिलस्मृति रोल्पालाई

माण्डवी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधि...

प्यूठानमा विश्व एड्स दिबसमा स्वास्थ्यकर्मी र समाजसेवी सम्मानित भए

समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ भन्ने मुल नाराका साथ ३६ औ विश्व एड्स दिवसका अवसरमा...

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,...

कानुनको पालना र सरकारी आम्दानिका लागि हुलाकमार्फत ढुवानि सुनिस्चित गर्दैछौं: महानिर्देशक अधिकारी

हुलाक सेवा विभागले बिहिवार सरकारी चिठ्ठीपत्र र कागजात हुलाक मार्फत पठाउने सुनिश्चित गर्ने व्यवस्था सम्बन्धी...