News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालीकाका हरेक वडामा अनलाईन प्रणालिवाट राजश्व भुक्तानी गर्न सकिने

सिखबर संवाददाता११ पुष प्यूठान
१२१३ पटक
११ पुष प्यूठान

प्यूठान नगरपालीकाले हरेक वडावाट अनलाईन प्रणालिवाटै राजश्व संकलनको सुरुवात गरेको छ।

नागरिकको सहजताका लागी हरेक वडावाटै अनलाईन प्रणालीवाट आर्थिक संकलन सुरुवात गरिएको प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। उहाँका अनुसार अव सम्पत्ती कर लगायत नगरपालीकामा पुगेर गर्नुपर्ने भुक्तानी सेवाग्राहिले वडा कार्यालयवाटै गर्न सक्नेछन्। उहाँले भन्नुभयो –“नागरिकको सेवा सुविधालाई ध्यानमा राखेर वडा कार्यालयहरुमा पनि अनलाईन प्रणालीवाट कारोवार सुरु भएको छ। यस्ले राजश्व तथा कर वुझाउन सेवाग्राहिले नगरपालीका धाउनुपर्ने वाध्यताको अन्त्य हुनेछ भने कार्यसम्पादन पनि व्यवस्थित हुनेछ।”

हालसम्म हस्तलिखित रसिद काटेर वुझ्ने गरिएकोमा सवै कारोवारहरु अनलाईन प्रणालिवाट हुने भएपछी नागरिकले सहज रुपमा वडा कार्यालयवाट सेवा सुविधा प्राप्त गर्नुका साथै कार्यसम्पादन पनि सहज हुने प्यूठान नगरपालीका वर्डा नं १ का वर्डाअध्यक्ष रमेश आचार्यले वताउनु भयो।

हरेक वडाका वडासचिवलाई अनलाईन प्रणालीसम्वन्धी सिप प्रदान गरि कार्यआरम्भ गरिएको प्यूठान नगरपालीका राजश्व उपशाखामा कार्यरत रामकृष्ण शर्माले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...