News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालीकाका हरेक वडामा अनलाईन प्रणालिवाट राजश्व भुक्तानी गर्न सकिने

सिखबर संवाददाता११ पुष प्यूठान
९९८ पटक
११ पुष प्यूठान

प्यूठान नगरपालीकाले हरेक वडावाट अनलाईन प्रणालिवाटै राजश्व संकलनको सुरुवात गरेको छ।

नागरिकको सहजताका लागी हरेक वडावाटै अनलाईन प्रणालीवाट आर्थिक संकलन सुरुवात गरिएको प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। उहाँका अनुसार अव सम्पत्ती कर लगायत नगरपालीकामा पुगेर गर्नुपर्ने भुक्तानी सेवाग्राहिले वडा कार्यालयवाटै गर्न सक्नेछन्। उहाँले भन्नुभयो –“नागरिकको सेवा सुविधालाई ध्यानमा राखेर वडा कार्यालयहरुमा पनि अनलाईन प्रणालीवाट कारोवार सुरु भएको छ। यस्ले राजश्व तथा कर वुझाउन सेवाग्राहिले नगरपालीका धाउनुपर्ने वाध्यताको अन्त्य हुनेछ भने कार्यसम्पादन पनि व्यवस्थित हुनेछ।”

हालसम्म हस्तलिखित रसिद काटेर वुझ्ने गरिएकोमा सवै कारोवारहरु अनलाईन प्रणालिवाट हुने भएपछी नागरिकले सहज रुपमा वडा कार्यालयवाट सेवा सुविधा प्राप्त गर्नुका साथै कार्यसम्पादन पनि सहज हुने प्यूठान नगरपालीका वर्डा नं १ का वर्डाअध्यक्ष रमेश आचार्यले वताउनु भयो।

हरेक वडाका वडासचिवलाई अनलाईन प्रणालीसम्वन्धी सिप प्रदान गरि कार्यआरम्भ गरिएको प्यूठान नगरपालीका राजश्व उपशाखामा कार्यरत रामकृष्ण शर्माले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...