News Portal

रेडियो सुन्नुहोस्

मुख्यमन्त्री पोख्रेलद्वारा असारेवोट झोलुंगेपुल उद्घाटन

सिखबर संवाददाता
१०२३ पटक

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्यूठान नगरपालीका ४ र मल्लरानी गाउँपालीका ४ जोडने असारेवोट झोलुंगेपुलको उद्घाटन गर्नुभएको छ। प्रदेश सरकारकारवाट निर्मित उक्त पुलको आज भौतिक पुर्वाधारमन्त्री वैजनाथ चौधरी, प्रदेशसभा सदस्य हरिप्रसाद रिजाल, मन्त्रालयका सचिव लगायतको उपस्थितीमा मुख्यमन्त्रीले उक्त पुलको उद्घाटन गर्नुभएको हो।

लुम्विनी प्रदेश भौतिक पुर्वाधार विकाश मन्त्रालय अन्तरगन सडक पुर्वधार विकास कार्यालय रोल्पामार्फत निर्मित उक्त पुल उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले रणनितिक महत्वका गौरवका आयोजनाहरु जनताको प्रत्यक्ष सहभागीतामा अगाडी वढाईरहेको र त्यसले जनताको जनजिवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने अपेक्षा रहेको वताउनु भयो। नेपाली राजनितीमा देखिएको वर्तमान समस्याले आम जनतालाई निरास वनाएपनी व्यक्तिगत स्वार्थ, कुण्ठा, महत्वकांक्षा र अवसरकेन्द्रित झुण्डका विरुद्धमा जनताले आगामी निर्वाचनवाट आफ्नो मत राख्ने वताउनु भयो। २ सय १५ मिटर लम्वाई रहेको झोलुँगे पुलवाट पाण्डेडाडा, थापडाडा लगायतका क्षेत्रका नागरिकहरु प्रत्यक्ष लावान्वित भएको भन्दै प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले प्रदेश सरकारलाई धन्यवाद दिनुभयो।

मल्लरानी गाँउपालीकाका अध्यक्ष अमरध्वज रानाले उक्त झोर्लुगेपुल निर्माले स्थानिय जनताको जनजिवनमा प्रत्यक्ष सहजता ल्याएको साथै यस क्षेत्रको नदी नियन्त्रण हुन सकेमा त्यसले कृषी क्षेत्रमा थप टेवा पुग्ने वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...