News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियू प्यूठानको जिल्ला भेला सम्पन्न

सुजाता थापा क्षेत्रीफागुन ६ प्यूठान
१४३० पटक
फागुन ६ प्यूठान

प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) प्यूठानको जिल्ला भेला सम्पन्न भएको छ।

अनेरास्ववियू प्यूठानका संयोजक जाल ब. क्षेत्री अध्यक्षतामा भएको भेलामा अनेरास्ववियूका केन्द्रिय कार्यालय सदस्य झपेन्द्र खत्री प्रमुख अतिथि, ने.क.पा. प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा विशेष अतिथि रहनुभएको थियो।

जिल्लाका विभिन्न स्थानिय तहवाट भेलामा उपस्थित भएका प्रतिनिधीलाई सम्बोधन गर्दै प्रमुख अतिथि खत्रिले राष्ट, राष्ट्रियता र आम विद्यार्थीको भविश्यका निम्ति चोईटिएर जानेहरुसंग नभएर ऐन महरले नेतृत्व गरेको मुलधारको अनेरास्ववियूमा आवद्घ हुन विद्यार्थीहरुलाई आह्वान गर्नुभयो। वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रचण्ड समूह अलग भएको भन्दै उहाँले निर्वाचनविरोधिहरु लोकतान्त्रविरोधी रहेको बताउनु भयो। सम्धिलाइ मन्त्री बनाउनको निम्ति लागेका माधवकुमार नेपाल र बुहारिको मन्त्री बचाइराख्न लाग्ने पुष्पकमल दाहाल प्रचण्डले विधि विधानको कुरा गर्नु हास्यास्पद हुने कार्यक्रमका प्रमुख अथिती एवं अनेरास्ववियु केन्द्रीय कार्यालय सदस्य झपेन्द्र खत्रिले बताउनु भयो।

कार्यक्रमका विशेष अतिथि एवं नेकपा प्यूठानका अध्यक्ष तुल्सिराम शर्माले प्रचण्ड-माधव समुहले खुमलटारमा बसालेका २८० र कोटेश्वरमा बसालेका ३५ वटा गुटका बैठकमा कहिल्यैपनी विकास, समृद्घी र राष्ट्रियताको एजेण्डा नउठेको बताउनु भयो। उहाँले निर्वाचनलाई प्रतिगमन देख्नेहरुवाट व्यवस्थामाथी खतरा रहेको वताउनु भयो।

अनेरास्ववियुका स्थायि कमिटी सदस्य धर्म गिरिले राजालाई पदको निम्ति भेटी चढाउने माधवकुमार नेपाल र सत्तामा पुग्न राजासंग कार्यगत एकता गर्नुपर्छ भन्ने पुष्पकमल दाहाल विचको गठवन्धन प्रतिगामी गठवन्धन रहेको वताउनु भयो।

कार्यक्रममा स्थायी कमिटी सदस्य धर्म गिरी, केन्द्रिय सचिवालय सदस्य बिनोद भण्डारी, यूवा संघ केन्द्रिय सचिव बिनोद ओली, विद्यार्थी इन्चार्ज प्रमोद खड्का लगायतको आतिथ्यतामा रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...