News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियू प्यूठानको जिल्ला भेला सम्पन्न

सुजाता थापा क्षेत्रीफागुन ६ प्यूठान
१२६० पटक
फागुन ६ प्यूठान

प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) प्यूठानको जिल्ला भेला सम्पन्न भएको छ।

अनेरास्ववियू प्यूठानका संयोजक जाल ब. क्षेत्री अध्यक्षतामा भएको भेलामा अनेरास्ववियूका केन्द्रिय कार्यालय सदस्य झपेन्द्र खत्री प्रमुख अतिथि, ने.क.पा. प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा विशेष अतिथि रहनुभएको थियो।

जिल्लाका विभिन्न स्थानिय तहवाट भेलामा उपस्थित भएका प्रतिनिधीलाई सम्बोधन गर्दै प्रमुख अतिथि खत्रिले राष्ट, राष्ट्रियता र आम विद्यार्थीको भविश्यका निम्ति चोईटिएर जानेहरुसंग नभएर ऐन महरले नेतृत्व गरेको मुलधारको अनेरास्ववियूमा आवद्घ हुन विद्यार्थीहरुलाई आह्वान गर्नुभयो। वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रचण्ड समूह अलग भएको भन्दै उहाँले निर्वाचनविरोधिहरु लोकतान्त्रविरोधी रहेको बताउनु भयो। सम्धिलाइ मन्त्री बनाउनको निम्ति लागेका माधवकुमार नेपाल र बुहारिको मन्त्री बचाइराख्न लाग्ने पुष्पकमल दाहाल प्रचण्डले विधि विधानको कुरा गर्नु हास्यास्पद हुने कार्यक्रमका प्रमुख अथिती एवं अनेरास्ववियु केन्द्रीय कार्यालय सदस्य झपेन्द्र खत्रिले बताउनु भयो।

कार्यक्रमका विशेष अतिथि एवं नेकपा प्यूठानका अध्यक्ष तुल्सिराम शर्माले प्रचण्ड-माधव समुहले खुमलटारमा बसालेका २८० र कोटेश्वरमा बसालेका ३५ वटा गुटका बैठकमा कहिल्यैपनी विकास, समृद्घी र राष्ट्रियताको एजेण्डा नउठेको बताउनु भयो। उहाँले निर्वाचनलाई प्रतिगमन देख्नेहरुवाट व्यवस्थामाथी खतरा रहेको वताउनु भयो।

अनेरास्ववियुका स्थायि कमिटी सदस्य धर्म गिरिले राजालाई पदको निम्ति भेटी चढाउने माधवकुमार नेपाल र सत्तामा पुग्न राजासंग कार्यगत एकता गर्नुपर्छ भन्ने पुष्पकमल दाहाल विचको गठवन्धन प्रतिगामी गठवन्धन रहेको वताउनु भयो।

कार्यक्रममा स्थायी कमिटी सदस्य धर्म गिरी, केन्द्रिय सचिवालय सदस्य बिनोद भण्डारी, यूवा संघ केन्द्रिय सचिव बिनोद ओली, विद्यार्थी इन्चार्ज प्रमोद खड्का लगायतको आतिथ्यतामा रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...