News Portal

रेडियो सुन्नुहोस्

क्षयरोग न्युनिकरणका लागि बि एन एम टी को सहकार्य निरन्तर

दीपा पौडेल चैत १ प्युठान
१२२७ पटक
चैत १ प्युठान

जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बि.एन.एम.टि) ले स्वास्थ्य चौकी ओखरकोटलाई क्षयरोग निदानका लागि अत्याधुनिक मेसिन (जिन एक्सपर्ट ) हस्तान्तरण गरेको छ।

उक्त मेसिन बि एन एम टी नेपालका PI. Dr.Max caws र Deputy director रघु धितालले झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक बहादुर जि.सी र स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीलाई एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेका हुन। मेसिन हस्तान्तरण कार्यक्रममा बि एन एम टी नेपालका PI. Dr.Max caws ले संस्थाले क्षयरोग निदानका लागि गर्दै आएका प्रयासहरुको बारेमा बताउँदै यस मेसिनले काम गर्ने तरिकाको बारेमा जानकारी गराएका थिए।
करिब ६० लाख पर्ने उक्त मेसिनले क्षयरोगका बिरामीहरु पत्ता लगाउन र क्षयरोग न्युनिकरण गर्न महत्वपुर्ण भुमिका खेल्ने बि एन एम टी का Deputy director रघु धितालको भनाई छ।

कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले जिल्लामा बिशेष गरि क्षयरोग निदानको क्षेत्रमा आफुहरुसंग सहकार्य गर्दै आएकोमा बि एन एम टीलाई धन्यवाद दिएका छन्।सुवेदीका अनुसार ओखरकोट स्वास्थ्य चौकीलाई प्रदान गरिएको जिन एक्सपर्ट मेसिन सहित बि एन एम टी ले ३ वटा यस्ता मेसिनहरु जिल्लामा उपलब्ध गराएको छ। उनले भने – “बि एन एम टीले उपलब्ध गराएका ३ मेसिन मध्ये एउटा ओखरकोट स्वास्थ्य चौकीमा भर्खरै प्राप्त गरेका छौं भने अरु २ मेसिनहरुमध्ये एउटा प्युठान अस्पताल र अर्र्काे प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रृमा राखेका छौं।” उक्त जिन एक्सपर्ट मेसिनहरुले जिल्लामा क्षयरोग निदान,उपचार र नियन्त्रणमा ठुलो भुमिका खेलेको प्रमुख सुवेदीले बताए। आगामी दिनहरुमा पनि यस क्षेत्रमा बि एन एम टीसंगको सहकार्य र समन्वय निरन्तर रहिरहने बताए।
बि एन एम टी ले कोरोना महामारीको आपतकालिन समयमा पनि जिल्लाको स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग प्रदान गर्र्दै आईरहेको छ।

 

जिल्लामा दुई परियोजना सञ्चालन हुने

जिल्लामा सञ्चालन हुने दुई परियोजनाहरु Impact TB II, Target TB and TB Recovery project को बारेमा योजना तर्जुमा गोष्ठी शनिबार सकिएको छ। स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीको अध्यक्षतामा दुई दिन सम्म चलेको गोष्ठीमा अब सञ्चालन हुने दुई परियोजनाImpact TB II को बारेमा बि एन एम टी का Deputy director रघु धितालले प्रष्ट पारेका थिए भने Target TBको बिषयमा PI. Dr.Max caws र TB Recovery को बारेमा बि एन एम टी का क्षेत्रिय प्रमुख गंगाराम बुढाथोकीले प्रस्ट्याएका थिए। परियोजनाको लक्ष्य र आगामी योजनाहरुको बारेमा सहभागीहरुलाई बि एन एम टीका गोविन्द माझीले जानकारी गराउएका थिए। कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र सरोकारवालाहरुको सहभागिता रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...