News Portal

रेडियो सुन्नुहोस्

सामुहिक पशुपालनले कृषकलाई उत्साहित वनाएको छ: मेयर कक्षपती

स्थानिय सरकार र संघवाट किसानले ४० लाख रुपैया वरावर अनुदान पाउने

बोम वहादुर परियारवैशाख ४, २०७७/ प्यूठान
११६३ पटक
वैशाख ४, २०७७/ प्यूठान

प्युठान नगरपालिका १ खैरामा दुध उत्पादन गर्ने उदेश्यले सामुहिक भैसि पालनका लागि किसान हरुले ४० लाख रुपैयाँ पाउने भएका छन ।

स्थानीय हरुले सिवालय दुद्द उत्पादन सहकारि सस्था निर्माण गरि नगरपालिकामा भैसि पालनका लागि प्रस्ताव लगेका थिए ।
सोहि अनुसार प्युठान नगरपालिका ले २० लाख र संघिय सरकारबाट २० लाख गरि ४० लाख रुपैयाँ किसानहरुले भैसि खरिदका लागि पाउने भएका हुन । ५० जना किसानले २/२ वटा उन्नत जातका भैसि खरिद गर्नका लागि ६०प्रतिशत रकम अहिले उपलब्ध गराएको र ४० प्रतिशत रकम भैसि खरिद गरिसकेपछि उपलब्ध गराउने प्युठान नगरपालिका का मेयर अर्जुन कुमार कक्षपतीले बताउनु भयो । कक्षपतीले सामुहिक पशुपालनले कृषकलाई थप उत्साहित वनाएको वताउनु भयो।

खैरामा आज बसेको मेयर सहित को छलफलमा किसानहरु उत्साहित बन्दै बैशाख मसान्त सम्म भैसि खरिद गरिसक्ने बताएका छन ।
त्यस्तै छलफलमा बोल्दै सिबालय दुग्ध उत्पादन सहकारि सस्थाका अध्यक्ष बिस्णु बहादुर बस्नेत ले जिल्लामा पर्याप्त दुध उत्पादन गरि किसानहरुलाइ ब्याबसायमा अझ प्रेरित गर्नका लागि सस्था निर्माण गरि सामुहिक भैसि पालन ब्याबसाय थालनि गर्न लागेको बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...