News Portal

रेडियो सुन्नुहोस्

मडिमुकुन्द कलेज बुटवलका विद्यार्थी द्वारा प्युठानका सन्दिपलाई सहयोग

बोम वहादुर परियार३१ वैशाख, २०७८/प्यूठान
११९९ पटक
३१ वैशाख, २०७८/प्यूठान

प्युठानका सन्दिपको उपचारका लागि बुटवलमा रहेको मडिमुकुन्द कलेज योगिकुटिका २०६९ देखि ७१ ब्याचका बिध्यार्थिहरुबाट बाट सहयोग प्राप्त भएको छ ।
मडिमुकुन्द कलेज का विद्यार्थी महेन्द्र थापा क्षेत्री र बिकास मानन्धर को विशेष पहलमा जुटेको संकलित रकम १ लाख १७ हजार १ सय २८ रुपैया मधुमाया परियारको खातामा जम्मा गरिदिएको त्यहाबाट महेन्द्र थापाले जानकारि गराउनु भयो ।
गत बैशाख १ गते प्युठान स्वर्गद्वारी गाडि दुर्घटनामा परि घाईते हुनुभएका प्युठानका सन्दिप परियार ले बुटवल स्थित मडिमुकुन्द कलेज योगिकुटिमा साईन्स बिषय अध्यन गर्नुभएको थियो । अध्ययन अबधिभर संगै पढेका साथिहरुद्वारा देस तथा बिदेश बाट रकम संकलन गरि सन्दिप को उपचारको लागि सहयोग गरेको महेन्द्र थापाले बताउनु भयो । साथै उहाले भन्नुभयो ” सन्दिप ले हामी संगै पढ्नुभएको हो, एउटा साथी पिडामा रहदा सहयोग गर्ने हाम्रो दाईत्व हो , सन्दिप हाम्रो ब्याचमा ईमान्दार र सहयोगी ब्यक्ति हुनुहुन्थ्यो , अहिले उहाको अबस्था देखेर कलेजमा ब्याचका सम्पुर्ण साथिहरु दुखि भएको र सिघ्र स्वास्थ लाभको कामना समेत गरेका छौ ।
नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी समेत रहेका सन्दिप जिल्ला प्रसासन कार्यालय गुल्मीमा कार्येरत थिए । दुर्घटनामा परि घाईते सन्दिपको स्वास्थमा क्रमिक सुधार हुन लागेको र उपचारका लागी थप रकम आबस्यक परिरहेको उनकि बैनि मधुमाया परियार ले बताईन ।
हामिले यो अभियानलाई एकद्वार प्रणालीबाट अगाडि बढाउन चाहान्छौ । त्येसैले अझैपनि सन्दिप को उपचारका लागि सहयोग गर्न चाहानुहुने तपाईले राष्टृय बाणिज्य बैंकमा बैनि मधुमाया परियार को नाममा खोलिएको खाता नम्बर 1420100071705010 मा आफुले सक्दो रकम जम्मा गरिदिनुहुन अनुरोध छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...