News Portal

रेडियो सुन्नुहोस्

मडिमुकुन्द कलेज बुटवलका विद्यार्थी द्वारा प्युठानका सन्दिपलाई सहयोग

बोम वहादुर परियार३१ वैशाख, २०७८/प्यूठान
९३५ पटक
३१ वैशाख, २०७८/प्यूठान

प्युठानका सन्दिपको उपचारका लागि बुटवलमा रहेको मडिमुकुन्द कलेज योगिकुटिका २०६९ देखि ७१ ब्याचका बिध्यार्थिहरुबाट बाट सहयोग प्राप्त भएको छ ।
मडिमुकुन्द कलेज का विद्यार्थी महेन्द्र थापा क्षेत्री र बिकास मानन्धर को विशेष पहलमा जुटेको संकलित रकम १ लाख १७ हजार १ सय २८ रुपैया मधुमाया परियारको खातामा जम्मा गरिदिएको त्यहाबाट महेन्द्र थापाले जानकारि गराउनु भयो ।
गत बैशाख १ गते प्युठान स्वर्गद्वारी गाडि दुर्घटनामा परि घाईते हुनुभएका प्युठानका सन्दिप परियार ले बुटवल स्थित मडिमुकुन्द कलेज योगिकुटिमा साईन्स बिषय अध्यन गर्नुभएको थियो । अध्ययन अबधिभर संगै पढेका साथिहरुद्वारा देस तथा बिदेश बाट रकम संकलन गरि सन्दिप को उपचारको लागि सहयोग गरेको महेन्द्र थापाले बताउनु भयो । साथै उहाले भन्नुभयो ” सन्दिप ले हामी संगै पढ्नुभएको हो, एउटा साथी पिडामा रहदा सहयोग गर्ने हाम्रो दाईत्व हो , सन्दिप हाम्रो ब्याचमा ईमान्दार र सहयोगी ब्यक्ति हुनुहुन्थ्यो , अहिले उहाको अबस्था देखेर कलेजमा ब्याचका सम्पुर्ण साथिहरु दुखि भएको र सिघ्र स्वास्थ लाभको कामना समेत गरेका छौ ।
नेपाल सरकारका राष्ट्रसेवक कर्मचारी समेत रहेका सन्दिप जिल्ला प्रसासन कार्यालय गुल्मीमा कार्येरत थिए । दुर्घटनामा परि घाईते सन्दिपको स्वास्थमा क्रमिक सुधार हुन लागेको र उपचारका लागी थप रकम आबस्यक परिरहेको उनकि बैनि मधुमाया परियार ले बताईन ।
हामिले यो अभियानलाई एकद्वार प्रणालीबाट अगाडि बढाउन चाहान्छौ । त्येसैले अझैपनि सन्दिप को उपचारका लागि सहयोग गर्न चाहानुहुने तपाईले राष्टृय बाणिज्य बैंकमा बैनि मधुमाया परियार को नाममा खोलिएको खाता नम्बर 1420100071705010 मा आफुले सक्दो रकम जम्मा गरिदिनुहुन अनुरोध छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...