News Portal

रेडियो सुन्नुहोस्

मोदी भ्रमणः जनकपुरमा झडप र लाठिचार्ज, हेल्मेट र मास्क लगाउन निसेधदेखि हिडडुलमा रोक

सिखवर डेस्क२८ वैशाख
११२१ पटक
२८ वैशाख

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको लागी प्रस्थान गरेसंगै जनकपुर र काठमाण्डौको यातायात व्यवस्थापन असहज हुनाको साथै जनकपुरमा सामान्य झडप भएको छ।

मोदीलाई हेर्न र अभिनन्दन गर्ने भनिएको स्थानमा सर्वसधारणको घइँचो लागेको कारण रंगभूमि मैदान प्रवेश गर्ने बाटो साँघुरो भएकै कारण ठेलमठेल हुदा सामान्य झडप भएको वताईएको छ ।

केही व्यक्तिहरुले ठेलमठेल गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ । केही युवाहरुले प्रहरीको लाठी समेत खोस्ने कोशिष गरेपछि प्रहरीसँग सामान्य झडप भएको बताइएको छ ।

मोदीको भ्रमणका कारण विषेशगरि काठमाडौं र जनकपुरमा यातायात प्रभावित भएको छ । जनकपुरको चक्रपथ भित्र गाडीलाई निषेध गरिएको छ । यस्तै, हेलमेट लगाएर मोटरसाइकल चलाउन पनि रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । जनकपुर विमानस्थलदेखि मुरलीचोक, रामानन्द चोक र जानकी मन्दिरसम्म गाडी मात्र होइन नागरिकलाई पैदल हिडडुल गर्न र मास्क लगाउन समेत दिइएको छैन ।

यस्तै मोदीको काठमाडौ भ्रमणका क्रममा शुक्रबार र शनिबार काठमाडौको ट्राफिक ब्यवस्थापन धेरै नै प्रभावित हुनेछ । काठमाडौको एयरपोर्ट, बौद्ध, गौशाला, टुंडिखेल, शितलनिवास, महाराजगञ्ज लगायत क्षेत्रको ट्राफिक प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ । भ्रमणको समयमा यी ठाउँ र आसपासमा गाडी चल्न नदिइने हुँदा त्यसको प्रभाव काठमाडौका अरु ठाउँमा पनि पर्नेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...