News Portal

रेडियो सुन्नुहोस्

मोदी भ्रमणः जनकपुरमा झडप र लाठिचार्ज, हेल्मेट र मास्क लगाउन निसेधदेखि हिडडुलमा रोक

सिखवर डेस्क२८ वैशाख
१२४९ पटक
२८ वैशाख

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको लागी प्रस्थान गरेसंगै जनकपुर र काठमाण्डौको यातायात व्यवस्थापन असहज हुनाको साथै जनकपुरमा सामान्य झडप भएको छ।

मोदीलाई हेर्न र अभिनन्दन गर्ने भनिएको स्थानमा सर्वसधारणको घइँचो लागेको कारण रंगभूमि मैदान प्रवेश गर्ने बाटो साँघुरो भएकै कारण ठेलमठेल हुदा सामान्य झडप भएको वताईएको छ ।

केही व्यक्तिहरुले ठेलमठेल गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ । केही युवाहरुले प्रहरीको लाठी समेत खोस्ने कोशिष गरेपछि प्रहरीसँग सामान्य झडप भएको बताइएको छ ।

मोदीको भ्रमणका कारण विषेशगरि काठमाडौं र जनकपुरमा यातायात प्रभावित भएको छ । जनकपुरको चक्रपथ भित्र गाडीलाई निषेध गरिएको छ । यस्तै, हेलमेट लगाएर मोटरसाइकल चलाउन पनि रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । जनकपुर विमानस्थलदेखि मुरलीचोक, रामानन्द चोक र जानकी मन्दिरसम्म गाडी मात्र होइन नागरिकलाई पैदल हिडडुल गर्न र मास्क लगाउन समेत दिइएको छैन ।

यस्तै मोदीको काठमाडौ भ्रमणका क्रममा शुक्रबार र शनिबार काठमाडौको ट्राफिक ब्यवस्थापन धेरै नै प्रभावित हुनेछ । काठमाडौको एयरपोर्ट, बौद्ध, गौशाला, टुंडिखेल, शितलनिवास, महाराजगञ्ज लगायत क्षेत्रको ट्राफिक प्रभावित हुने ट्राफिक प्रहरीले जनाएको छ । भ्रमणको समयमा यी ठाउँ र आसपासमा गाडी चल्न नदिइने हुँदा त्यसको प्रभाव काठमाडौका अरु ठाउँमा पनि पर्नेछ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...