News Portal

रेडियो सुन्नुहोस्

नेपालमा भेटियो कोभिडको डेल्टा प्लस भेरियन्ट

झुलेनी समाचारदाता१२ साउन २०७८ /प्यूठान
८७६ पटक
१२ साउन २०७८ /प्यूठान

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि भटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टको उत्परिवर्तन भेटिएको हो ।

यस भेरियन्टलाई डेल्टा प्लस नामले चिनिन्छ । देशका विभिन्न प्रयोगशालाबाट संकलित ४७ नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसलाई एवाई १ नाम दिइएको छ।

मन्त्रालयले उक्त भेरियन्ट परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयको समन्वयमा भारतमा रहेको प्रयोगशालामा पठाएको थियो । यस क्रममा जेठमध्यदेखि असार मसान्तसम्मका देशका विभिन्न भागका विभिन्न उमेर समूहका ४७ वटा नमुना संकलित थिए ।

यो म्युटेसन कुन देशबाट सुरु भयो भन्ने यकिन नभए पनि हालसम्म १० देशमा देखिसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालसहित भारत, अमेरिका, बेलायत, रुस, जापान, पोल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड र क्यानडामा यो म्युटेसन देखिएको छ। नेपालमा यसअघि पनि ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लस फेला परेको थियो।

-अन्नपुर्णपोष्ट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...