News Portal

रेडियो सुन्नुहोस्

नेपालमा भेटियो कोभिडको डेल्टा प्लस भेरियन्ट

झुलेनी समाचारदाता१२ साउन २०७८ /प्यूठान
११२१ पटक
१२ साउन २०७८ /प्यूठान

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेरि भटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टको उत्परिवर्तन भेटिएको हो ।

यस भेरियन्टलाई डेल्टा प्लस नामले चिनिन्छ । देशका विभिन्न प्रयोगशालाबाट संकलित ४७ नमुनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये तीनवटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसलाई एवाई १ नाम दिइएको छ।

मन्त्रालयले उक्त भेरियन्ट परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयको समन्वयमा भारतमा रहेको प्रयोगशालामा पठाएको थियो । यस क्रममा जेठमध्यदेखि असार मसान्तसम्मका देशका विभिन्न भागका विभिन्न उमेर समूहका ४७ वटा नमुना संकलित थिए ।

यो म्युटेसन कुन देशबाट सुरु भयो भन्ने यकिन नभए पनि हालसम्म १० देशमा देखिसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालसहित भारत, अमेरिका, बेलायत, रुस, जापान, पोल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड र क्यानडामा यो म्युटेसन देखिएको छ। नेपालमा यसअघि पनि ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लस फेला परेको थियो।

-अन्नपुर्णपोष्ट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...