News Portal

रेडियो सुन्नुहोस्

जुम्रि बसपार्कमा निर्मित सार्वजनिक शौचालय प्रयोगबिहिन (भिडियो सहित)

बिमल प्रसाद पोख्रेल/तेजेन्द्र बिएम२०७८ साउन २०
१०४९ पटक
२०७८ साउन २०

प्यूठान । जुम्रि बसपार्कमा निर्मित सार्वजनिक शौचालय अस्तव्यस्त अवस्थामा रहेको छ । शौचालय निर्माण भएको वर्षौ बितेपनि प्रयोग विहिन अवस्थामा रहेको हो । शौचालय प्रयोगमा नआउँदा वरिपरि दुर्गन्धित भएको स्थानीयको गुनासो छ । शौचालय निर्माण पश्चात ब्यवस्थापन कसले गर्ने भन्ने एकिन नहुँदा यहाँको शौचालय अस्तव्यस्त रहेको स्थानीयवासी बताउँछन ।

बृहत विजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता संस्था विजुवार प्यूठानले यो शौचालय निर्माण गरेको थियो । शौचालय निर्माण पश्चात सुरुको समयमा चलेपनि हाल निरन्तर चल्न सकेको छैन । शौचालयमा राख्ने कुरुवा कर्मचारीको ब्यवस्थापन नहुँदा सार्वजनिक शौचालय वेवारिसे जस्तै बनेको व्यवसायी चन्द्रमान श्रेष्ठले बताए । शौचालय ब्यवस्थित नहुँदा वरीपरि दुर्गन्ध फैलिएको उनको भनाई छ ।


शौचालयको बाहिरपट्टि झाडीले भरिएको छ भने भित्र फोहोरे फोहोर रहेको छ । शौचालयमा पानी ब्यवस्थापनका लागि छतमा राखिएका ट्याङ्की नियमित पानी नहुँदा फुटेका छन् । प्यूठान नगरपालिकाले गत वर्ष केहिँ रकम छुट्याएर मर्मत गरेपनि अहिले पुन पुरानै अवस्थामा पुगेको छ । बसपार्क रहेको स्थानमा सार्वजनिक शौचालय निर्माण भएपनि यहाँ आउने यात्रुहरु होटलमा खाना, खाजा खाने बाहानामा दिसा पिसाव गर्नुपर्ने बाध्यता रहेको छ ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिकृया दिनुहोस्

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...

डाक्टर महावीर पुन प्यूठानमा

राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी...