News Portal

रेडियो सुन्नुहोस्

पहिरोले बाग्दुलामा पाँच वटा पसलमा क्षति (भिडियो सहित)

बाग्दुला स्थित माथिल्लो भागका पसल जोखिममा

तेजेन्द्र बि.एम.२०७८ भाद्र १३
१६३४ पटक
" frameborder="0" allowfullscreen>
२०७८ भाद्र १३

तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण आएको पहिरोले प्यूठान नगरपालिका ८ स्थित बाग्दुला बाहाने सडक खण्डको माथिल्लो भागमा रहेका फलफूल पसलमा क्षति भएको छ । पहिरोले पाँच वटा पसलहरु पुरेको छ ।

खोका राखेर फलफूल व्यावसाय गर्ने पॉच जना व्यवसायीको पसल आइतबार दिउँसो एक्कासी आएको पहिरोले पुरेको हो । स्थानीय रिता पण्डित, राजेश वली, स्याउलीवाएँ पसल, लगायतको फलफुल तथा किराना पसलमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

त्यसैगरी यसअँघि आएको पहिरोले गंगा फलफुल तथा किराना पसल सँगै रहेको अर्को पसलमा पनि क्षति पुर्‍याएको थियो । धर्मावती सामुदायिक वन उपभोक्ता समितिलाई भाडा तिरेर स्थानीयले सडक किनारमा पसल गर्दै आएका छन् । पसल राखिएको स्थान भन्दा माथि जंगल छ । जंगलमा ठूलाठूला रुखहरु छन् । गत वर्ष चिउरीको ठूलो रुख ढलेर एउटा जीपलाई क्षति पुर्‍याएको थियो । कच्चि ठाउँ भएकाले यहाँ वर्षेनी पहिरो जाने स्थानीयले बताउँछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...