News Portal

रेडियो सुन्नुहोस्

नेतासँग भनसुन गरि प्रहरीमा जागिर लगाएको दाबी गर्ने प्यूठानका एक युवक पक्राउ

झुलेनी नेटवर्क२०७८ भाद्र २६
१२९४ पटक
२०७८ भाद्र २६

आफ्नो ब्यक्तिगत सम्बन्ध र नेतासँग भनसुन गरी प्रहरीमा भर्ति गराएको दाबि गर्ने प्यूठानका एक युवक पक्राउ परेका छन् । गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आवद्द ऐरावती गाउँपालिका–१ दाङबाङ निवासि नरेन्द्र गुरुङ शनिवार पक्राउ परेका हुन ।

गुरुङले आफ्नो व्यक्तिगत पहल र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्री लम्साल समेतको सिफारिसमा प्युठानका ४१ जनाले प्रहरीमा नाम निकाल्न सफल भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । समाजिक सञ्जालमा गुरुङले नाम निकाल्नका सहयोग गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ‘धन्यवाद’ दिँदै नाम निकाल्नेहरूको सूची समेत पोष्ट गरेका थिए । गुरुङलाई प्युठान नगरपालिका–१ स्थित जुम्रीबाट पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्यूठान प्रहरी प्रमुख डिएसपी शुनिल मल्लले जानकारी दिए ।

सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेपछी धेरैले आलोचना गरेका थिए । अहिले यो पोस्ट फालिएको छ । यस्तो थियो उनको पोस्ट ।

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...