News Portal

रेडियो सुन्नुहोस्

नेतासँग भनसुन गरि प्रहरीमा जागिर लगाएको दाबी गर्ने प्यूठानका एक युवक पक्राउ

झुलेनी नेटवर्क२०७८ भाद्र २६
१४८७ पटक
२०७८ भाद्र २६

आफ्नो ब्यक्तिगत सम्बन्ध र नेतासँग भनसुन गरी प्रहरीमा भर्ति गराएको दाबि गर्ने प्यूठानका एक युवक पक्राउ परेका छन् । गृहमन्त्री बालकृष्ण खाँणलाई भनेर प्रहरीमा नाम निकालिदिएको दाबी गर्ने नेपाल विद्यार्थी संघमा आवद्द ऐरावती गाउँपालिका–१ दाङबाङ निवासि नरेन्द्र गुरुङ शनिवार पक्राउ परेका हुन ।

गुरुङले आफ्नो व्यक्तिगत पहल र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्री लम्साल समेतको सिफारिसमा प्युठानका ४१ जनाले प्रहरीमा नाम निकाल्न सफल भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । समाजिक सञ्जालमा गुरुङले नाम निकाल्नका सहयोग गरेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई ‘धन्यवाद’ दिँदै नाम निकाल्नेहरूको सूची समेत पोष्ट गरेका थिए । गुरुङलाई प्युठान नगरपालिका–१ स्थित जुम्रीबाट पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको प्यूठान प्रहरी प्रमुख डिएसपी शुनिल मल्लले जानकारी दिए ।

सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेपछी धेरैले आलोचना गरेका थिए । अहिले यो पोस्ट फालिएको छ । यस्तो थियो उनको पोस्ट ।

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...