News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

झुलेनी नेटवर्क२०७८ असौज ४
८११ पटक
२०७८ असौज ४

माण्डवी गाउँपालिका प्यूठानले आ.व. २०७७/०७८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले गत आ.व.मा सम्पन्न योजना र विकास गतिविधिबारे सेवाग्राहीबिच सुनुवाई गरेको हो । गाउँपालिकाको आयोजना र भुलेनी युनाइटेड नेटवर्क प्रा.लि.को सहजीकरणमा देविस्थानमा सोमवार सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरीएको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले गत आ.व.मा सञ्चालन गरीएका योजना र गतिविधि बारे प्रगति प्रतिवेदन पेश गरेका थिए । सहजीकरण गर्ने निकाय झुलेनी नेटवर्कले सुनुवाई कार्यक्रममा वर्हिगमित अभिमत र नागरिक प्रतिवेदन पेश गरेको थियो ।

कार्यक्रममा गाउँपालिकाले गरेका गतिविधि, शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेका गतिविधि, जनयुद्धका शहिद परिवार र घाइतेहरुको बाध्यता, गाउँपालिकाले कृषकहरुलाई दिने अनुदान, चिस्यान केन्द्रको ब्यवस्थापन, महिला सहकारी व्यवस्थापन लगायत विविध विषयमा सेवाप्रदायकलाई सेवाग्राहीले आम्ने साम्ने जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सेवाग्राहीबाट सोधिएका प्रश्न र जिज्ञासाबारे गाउँपालिका अध्यक्ष श्रीधर रोका र प्रमुख प्रशासकिय अधिकृत शिशिर रिजालले स्पष्ट पारेका थिए । नेटवर्कका एलबी थापाले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीधर रोकाको अध्यक्षता र वडा नं. २ का अध्यक्ष तुल बहादुर थापाले स्वागत मन्तब्य दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...