News Portal

रेडियो सुन्नुहोस्

प्युठान अस्पतालको बार्षिक समिक्षा सम्पन्न , विशेषज्ञ सेवा दिन सफल भएको निश्कर्ष

मृगौला रोगीको जिल्लामै डायलाइसिस गर्ने योजना

दीपा पौडेल २०७८ असाेज १२
९६९ पटक
२०७८ असाेज १२

जिल्ला अस्पताल विजुवार प्युठानले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक समिक्षा सम्पन्न गरेको छ।
कार्यक्रममा अस्पतालले आर्थिक बर्ष २०७७÷०७८ मा बिशेषज्ञ सेवा सुरु गरि उत्कृष्ट बर्षको रुपमा लिनुपर्ने निश्कर्ष निकालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले जानकारी दिनुभयो। पहिलेको आर्थिक बर्षको तुलनामा उल्लेखनिय प्रगति गरेको बताउँदै दर्नालले सोहि आर्थिक बर्षमा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, हाडजोर्नी तथा नसा रोग, इन्टरनल मेडिसिन, जनरल सर्जरी ,बालरोग, मानसिक रोग जस्ता विशेषज्ञ सेवा सुचारु गरि सेवा प्रदान गरिरहेको बताउनुभयो।
त्यस्तै अस्पतालको ल्याव तर्फ थाईराइड सेवा , सिजेरियन सेक्सन निर्माण, एपेन्डिसाईटिस धेरै शल्यक्रियाहरुको शुरुवात गरेको छ। ओ.सि.एम.सि सेवामा लुम्बीनी प्रदेशकै उत्कृष्ट सेवा प्रदान गरेको ,सामाजिक सेवा इकाईबाट धेरै विरामीहरु लाभान्वित भएको हुँदा उत्कृष्ट बर्षको रुपमा आफुहरुले लिएको प्रमुख दर्नालले बताउनुभयो।
कार्यक्रममा प्युठान नगरपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद राजभण्डारीले पहिलेको तुलनामा अस्पतालले दिने सेवा प्रभावकारी हुँदै गएको आफुहरुले महसुस गरेको भन्दै खुसी प्रकट गर्नुभयो। स्थानिय सरकारले गर्नुपर्ने सहयोगका लागि सधै आफुहरु तयार रहेको उहाँले बताउनुभयो।प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले अस्पतालले कोभिड–१९ को दोस्रो लहरमा खेलेको भुमिकाको प्रशंसा गर्दै अस्पतालको बिकासमा आफनो सधै ध्यान भएको कुरा बताउनु भयो साथै उहांले अस्पतालको भवनको डि.पि.आर. नगरपालिकाले गरेर भवन संरचना निर्माणमा संघिय तथा प्रदेश सरकारलाई सहयोगको लागि अनुरोध गरिने बताउनुभयो।
समिक्षा कार्यक्रममा अस्पतालको चुनौति र समस्यालाई समेत केलाएको छ। भवन संरचना को अभाव, एनेस्थेसियोलोजिष्ट डाक्टर नभएको हुंदा सबै प्रकारका शल्यक्रिया गर्न नसकिएको, फोहोर ब्यबस्थापनमा चुनौति रहेको अस्पताल विकास समितिका अध्यक्ष सिद्धिमणी सुवेदीले बताउनुभयो। मृगौला रोगीहरुलाई जिल्लामै डाइलाइसिस गर्ने सुविधाका लागि आफुहरु लागि परेको अस्पतालका प्रमुख दर्नाले जानकारी दिनुभयो। यसै आर्थिक बर्षबाट काम सुरु गर्ने गरि तयारी भैरहेको उहाँले जानकारी समेत दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...