News Portal

रेडियो सुन्नुहोस्

प्युठान अस्पतालको बार्षिक समिक्षा सम्पन्न , विशेषज्ञ सेवा दिन सफल भएको निश्कर्ष

मृगौला रोगीको जिल्लामै डायलाइसिस गर्ने योजना

दीपा पौडेल २०७८ असाेज १२
११५३ पटक
२०७८ असाेज १२

जिल्ला अस्पताल विजुवार प्युठानले आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक समिक्षा सम्पन्न गरेको छ।
कार्यक्रममा अस्पतालले आर्थिक बर्ष २०७७÷०७८ मा बिशेषज्ञ सेवा सुरु गरि उत्कृष्ट बर्षको रुपमा लिनुपर्ने निश्कर्ष निकालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले जानकारी दिनुभयो। पहिलेको आर्थिक बर्षको तुलनामा उल्लेखनिय प्रगति गरेको बताउँदै दर्नालले सोहि आर्थिक बर्षमा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, हाडजोर्नी तथा नसा रोग, इन्टरनल मेडिसिन, जनरल सर्जरी ,बालरोग, मानसिक रोग जस्ता विशेषज्ञ सेवा सुचारु गरि सेवा प्रदान गरिरहेको बताउनुभयो।
त्यस्तै अस्पतालको ल्याव तर्फ थाईराइड सेवा , सिजेरियन सेक्सन निर्माण, एपेन्डिसाईटिस धेरै शल्यक्रियाहरुको शुरुवात गरेको छ। ओ.सि.एम.सि सेवामा लुम्बीनी प्रदेशकै उत्कृष्ट सेवा प्रदान गरेको ,सामाजिक सेवा इकाईबाट धेरै विरामीहरु लाभान्वित भएको हुँदा उत्कृष्ट बर्षको रुपमा आफुहरुले लिएको प्रमुख दर्नालले बताउनुभयो।
कार्यक्रममा प्युठान नगरपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद राजभण्डारीले पहिलेको तुलनामा अस्पतालले दिने सेवा प्रभावकारी हुँदै गएको आफुहरुले महसुस गरेको भन्दै खुसी प्रकट गर्नुभयो। स्थानिय सरकारले गर्नुपर्ने सहयोगका लागि सधै आफुहरु तयार रहेको उहाँले बताउनुभयो।प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले अस्पतालले कोभिड–१९ को दोस्रो लहरमा खेलेको भुमिकाको प्रशंसा गर्दै अस्पतालको बिकासमा आफनो सधै ध्यान भएको कुरा बताउनु भयो साथै उहांले अस्पतालको भवनको डि.पि.आर. नगरपालिकाले गरेर भवन संरचना निर्माणमा संघिय तथा प्रदेश सरकारलाई सहयोगको लागि अनुरोध गरिने बताउनुभयो।
समिक्षा कार्यक्रममा अस्पतालको चुनौति र समस्यालाई समेत केलाएको छ। भवन संरचना को अभाव, एनेस्थेसियोलोजिष्ट डाक्टर नभएको हुंदा सबै प्रकारका शल्यक्रिया गर्न नसकिएको, फोहोर ब्यबस्थापनमा चुनौति रहेको अस्पताल विकास समितिका अध्यक्ष सिद्धिमणी सुवेदीले बताउनुभयो। मृगौला रोगीहरुलाई जिल्लामै डाइलाइसिस गर्ने सुविधाका लागि आफुहरु लागि परेको अस्पतालका प्रमुख दर्नाले जानकारी दिनुभयो। यसै आर्थिक बर्षबाट काम सुरु गर्ने गरि तयारी भैरहेको उहाँले जानकारी समेत दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...