News Portal

रेडियो सुन्नुहोस्

३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस रोल्पाको होलेरीमा

नबराज राना२०७८ असोज १५
१२५८ पटक
२०७८ असोज १५

“सबै उमेर समुहको लागी विद्युतिय प्रविधिको प्रयोगमा समानता” भन्ने मुल नाराको साथमा रोल्पाको होलेरीमा सरोकारवाला र जेष्ठ नागरिकहरु बिच अन्तरक्रिया गर्दै ३१ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको छ ।

कार्यक्रममा नेपालको संविधानमा भएको जेष्ठ नागरिकको सुरक्षा तथा हक अधिकार सम्बन्धी अन्र्तक्रिया गरिएको हो । साथै कार्यक्रममै जेष्ठ नागरिकबाट आएको प्रश्न तथा विचार संग सरोकारवाला बिच बृहत छलफल समेत भएको बताईएको छ ।

जेष्ठ नागरिक मिलन केन्द्र होलेरीको आयोजना तथा रुन्टीगढी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षतामा जेष्ठ नागरिक दिर्घ बहादुर खड्का रहनु भएको थियो भने प्रमुख अतिथीमा रुन्टीगढी गाउँपालिकाका सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना ,विशिष्ट अतीथीमा रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव भट्टराई,इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक जिबराज थापा,प्राथमिक स्वास्थ्य केन्द्र होलेरी का डा.विशाल कवंर,लगायत स्थानिय जेष्ठ नागरिकहरुको उपस्थिती मा कार्यक्रम सम्पन्न गरिएको हो ।

जेष्ठ नागरिक रुद्रमणि सुवेदी को स्वागत मन्तव्य वाट सुरु गरिएको कार्यक्रमको सहजीकरण रुन्टीगढी गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा का प्रमुख शिला मल्ले गर्नु भएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...