News Portal

रेडियो सुन्नुहोस्

आरनबाटै आत्मनिर्भर

बिकले कमाउछन् दैनिक एक हजार बढी

सुजाता थापा क्षेत्री२०७८ असाज १९, प्यूठान
१०४२ पटक
२०७८ असाज १९, प्यूठान

हिजोआज झिमरुक धान काट्ने सिजन सुरु भएको छ । उनलाइृ कामको चटारो बढेको छ । सानो बाँसले बारेको आरन जुम्री बसपार्कको छेउँमा छ । यसैमा भित्र देखि बाहिरसम्म हँसिया पिटाउन आउने ग्राहकहरुको भिड छ । वरिपरी हँसियाको थुप्रो छ । कोइला चुल्होमा हाल्दै हतारहतार हँसिया उदाउन सधै हतार भएझै देखिन्छन् । बिहान १० बजे कोठाबाट खाना खाएर निस्केपछि साझ ६ बज्छ कोठामा फर्कनन् । यो दैनिकि आरन पेसा गर्ने टुकमान वि.कको हो ।

स्वर्गद्वारी नगरपालिका–६ बेलबास, धन्चौर घर भएका ४२ वर्षीय वि.कको आरन पसल प्यूठान नगरपालिका–४ जुम्रीमा छ । उनी विगत ११ वर्ष देखि आरन व्यवसाय सञ्चालन गर्दै आइरहेका छन । उनले आरन सिप बाबु मार्फत सिकेका हुन । हिजोआज आम्दानीको मुख्य स्रोत नै आरन व्यवसाय रहेको उनी बताउँछन । बाबुबाजेले बालीघरे पर्थामा काम गरे । उनले व्यायसायिक रुपमा काम गर्दै आइरहेका छन । वर्षभरी काम गरेर अन्नबाली उठाउने गर्दा आवश्यक परेको बेला आर्थिक संकट टार्न समस्या पर्ने भएकाले बालीघरे पर्था छाडेर जुम्री झरेको उनले बताए ।


बिकको आरनमा सेवा लिन खलंगा, बरौला,चकचके, भिंग्री, सेपुङ, जुम्रीकाँडा, माझकोट, बाग्दुला, बिजुवार लगाएतका ठाँउहरुबाट पनि ग्रहाक आउने गर्दछन् । यसै पेसाबाट दुई छोरा, दुई छोरी, श्रीमती गरि ६ जनाको परिवारको जीवन राम्रोसंग चलेको छ । कक्षा ५ सम्म अध्ययन गरेका विक १६ वर्षको उमेर देखि वैदेशिक रोजगारीको रुपमा छिमेकी मुलुकमा गएका थिए । त्यहाँ ७ वर्ष बिताएपछि नेपाल फर्किएका उनी केहि वर्ष गाउँगाँउमा गई डकर्मि शिकर्मी भएर पनि काम गरे ।

३१ वर्षको हुँदा उनको बाबुको मृत्यु भयो, बाबुको मृत्यूपश्चात् उनी बल्ल आफ्नो बाबुको पुर्खौली पेसा लाइ परिवर्तन गरेर व्यासायीक बनेका हुन् । व्यवसायलाई सुरु गर्दा चाहिने सबै औजारहरु पुर्खौली थिए । त्यसैका ३० हजार लगानी थपेर थप सामान किनेको बिकले बताए । हँसिया, खुर्पा, चक्कु खुकुरी, कोदाली, बन्चरो तथा अन्य धारिला हतियारहरु धार लगाउन र बिँड राख्ने काम गर्दछन् उनले । “फुर्सदको समयमा हँसिया, खुर्पा, चक्कु खुकुरी, खुकुरी राख्ने मयाङ (दाबु), कोदाली, बन्चरो आदि बनाउने गर्दछु ,’ उनले भने हिजोआज त हसिया पीटाउनै भ्याइनभ्याइ छ ।’

नयाँ औजारहरु बनाउन एक्लै सम्भव नभएको र सामुहिक तथा कामदार राख्दा खर्च बढ्ने भएकाले उनले गरेका छैनन् । यो पेसाबाट दैनीक औसदमा एक हजार देखि पन्ध्र सयसम्म आम्दानी हुने उनले बताए । यसले घरखर्च, छोराछोरीहरुको पढाई कोठा भाडा यसैबाट गर्ने गर्दछन् । बचेको रुपैयाले गाउमा ८ लाखको जग्गा समेत किनेको सुनाए ।

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...