News Portal

रेडियो सुन्नुहोस्

आरनबाटै आत्मनिर्भर

बिकले कमाउछन् दैनिक एक हजार बढी

सुजाता थापा क्षेत्री२०७८ असाज १९, प्यूठान
१८९२ पटक
२०७८ असाज १९, प्यूठान

हिजोआज झिमरुक धान काट्ने सिजन सुरु भएको छ । उनलाइृ कामको चटारो बढेको छ । सानो बाँसले बारेको आरन जुम्री बसपार्कको छेउँमा छ । यसैमा भित्र देखि बाहिरसम्म हँसिया पिटाउन आउने ग्राहकहरुको भिड छ । वरिपरी हँसियाको थुप्रो छ । कोइला चुल्होमा हाल्दै हतारहतार हँसिया उदाउन सधै हतार भएझै देखिन्छन् । बिहान १० बजे कोठाबाट खाना खाएर निस्केपछि साझ ६ बज्छ कोठामा फर्कनन् । यो दैनिकि आरन पेसा गर्ने टुकमान वि.कको हो ।

स्वर्गद्वारी नगरपालिका–६ बेलबास, धन्चौर घर भएका ४२ वर्षीय वि.कको आरन पसल प्यूठान नगरपालिका–४ जुम्रीमा छ । उनी विगत ११ वर्ष देखि आरन व्यवसाय सञ्चालन गर्दै आइरहेका छन । उनले आरन सिप बाबु मार्फत सिकेका हुन । हिजोआज आम्दानीको मुख्य स्रोत नै आरन व्यवसाय रहेको उनी बताउँछन । बाबुबाजेले बालीघरे पर्थामा काम गरे । उनले व्यायसायिक रुपमा काम गर्दै आइरहेका छन । वर्षभरी काम गरेर अन्नबाली उठाउने गर्दा आवश्यक परेको बेला आर्थिक संकट टार्न समस्या पर्ने भएकाले बालीघरे पर्था छाडेर जुम्री झरेको उनले बताए ।


बिकको आरनमा सेवा लिन खलंगा, बरौला,चकचके, भिंग्री, सेपुङ, जुम्रीकाँडा, माझकोट, बाग्दुला, बिजुवार लगाएतका ठाँउहरुबाट पनि ग्रहाक आउने गर्दछन् । यसै पेसाबाट दुई छोरा, दुई छोरी, श्रीमती गरि ६ जनाको परिवारको जीवन राम्रोसंग चलेको छ । कक्षा ५ सम्म अध्ययन गरेका विक १६ वर्षको उमेर देखि वैदेशिक रोजगारीको रुपमा छिमेकी मुलुकमा गएका थिए । त्यहाँ ७ वर्ष बिताएपछि नेपाल फर्किएका उनी केहि वर्ष गाउँगाँउमा गई डकर्मि शिकर्मी भएर पनि काम गरे ।

३१ वर्षको हुँदा उनको बाबुको मृत्यु भयो, बाबुको मृत्यूपश्चात् उनी बल्ल आफ्नो बाबुको पुर्खौली पेसा लाइ परिवर्तन गरेर व्यासायीक बनेका हुन् । व्यवसायलाई सुरु गर्दा चाहिने सबै औजारहरु पुर्खौली थिए । त्यसैका ३० हजार लगानी थपेर थप सामान किनेको बिकले बताए । हँसिया, खुर्पा, चक्कु खुकुरी, कोदाली, बन्चरो तथा अन्य धारिला हतियारहरु धार लगाउन र बिँड राख्ने काम गर्दछन् उनले । “फुर्सदको समयमा हँसिया, खुर्पा, चक्कु खुकुरी, खुकुरी राख्ने मयाङ (दाबु), कोदाली, बन्चरो आदि बनाउने गर्दछु ,’ उनले भने हिजोआज त हसिया पीटाउनै भ्याइनभ्याइ छ ।’

नयाँ औजारहरु बनाउन एक्लै सम्भव नभएको र सामुहिक तथा कामदार राख्दा खर्च बढ्ने भएकाले उनले गरेका छैनन् । यो पेसाबाट दैनीक औसदमा एक हजार देखि पन्ध्र सयसम्म आम्दानी हुने उनले बताए । यसले घरखर्च, छोराछोरीहरुको पढाई कोठा भाडा यसैबाट गर्ने गर्दछन् । बचेको रुपैयाले गाउमा ८ लाखको जग्गा समेत किनेको सुनाए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...