News Portal

रेडियो सुन्नुहोस्

जसको परिवार रागोँले पालेको छ

मधुसुधन पोखरेल२०७८ असाेज २१, प्यूठान
२०९८ पटक
२०७८ असाेज २१, प्यूठान

२० वर्षदेखि रागोँ डोराइरहेका छन, प्यूठान नगरपालिका १ खैरा निवासी डोर्नेबहादुर सुनार । उनको परिवार रागोको कमाइले पालेको छ । हाल उनीसंग रहेको रागो ८ औं नम्बरको हो ।

गाउँका विभिन्न ठाउँहरुमा दाम्लोले रागो डोराउदै हिडीरहेको उनी जहिल्यै भेटिन्छन् । खैरा जन्मथलो भएता पनि प्यूठान नगरपालिका ३ मा बसोबास गर्दै आएका छन् । उनी प्राय रोगोको हेरचाहमै व्यस्त देखिन्छन । गाउँलेको भैसीलाई बाली लगाउनको लागि उनले रागो किसानको घरमै पु¥याउले सेवा दिन्छन् ।

प्यूठान नगरपालिकाका विभिन्न स्थानमा उनि कसैले फोन ग¥यो भने तुरुन्तै रागो लगेर पुग्छन । उनले मुर्रा जातको रागो पालेका छन । ‘मुर्राजातको रागो भएकाले प्राय यसको माग छ,’ सुनारले भने, ‘म २० वर्ष देखि रागो पालेको छु ।’ रागो डोराउदै हिड्ने सुनारको दैनिकी नै हो । ‘कसैले फोन ग¥यो भने म जसरी पनि त्यहाँ पुग्छु,’ सुनारले हास्दै भने ,‘पल्लो गाउँ वल्लो गाउँ हिड्ने मेरो दैनिकी नै हो ।’

५७ वर्ष पुगेका सुनारको हिड्नमा जोस निकै छ । लामो समय देखि रागो पाल्दै आएका सुनारले वार्षीक ३ लाख सम्म कमाई हुने गरेको सुनाउँछन । रागो बाटै घरव्यवहार चलेको उनि बताउँछन । रोगोबाट सुनारलाई फाइदा मात्र नभएर एउटा चिनिने बाटो पनि भएको छ । उनले हास्दै भने  “बाटोमा हिड्दै गर्दा रागोँदाई आयो भनेर मलाई चलाउछन खुसी लाग्छ ।”

सुरुमा घरमै पालेको भैसिले पाडो जन्माएपछि उनले त्यसलाई राम्रो सुसार गरि ठुलो बनाई रागो व्यवसाय गर्न थालेको बताए । हाल उनि संग १ लाख १५ हजार पर्ने रागो छ । प्यूठान नगरपालिका ले ४० हजार अनुदान समेत दिएको उनले बताए । जस्तै घाम, पानि भए पनि उनी निरन्तर काममा लाग्छन । रागोले दैनिक २ देखि १० भैसि बाली लाग्ने गरेको सुनारले बताए । एक भैसि लगारिए बापत घरमै भए १ हजार ५ सय र ठाउँ हेरी दुइ हजार ५ सय र टाढा जान परे ३ हजार सम्म फि लिने गरेको सनुरले सुनाए । ‘जे गरे पनि एउटा पेसा गर्ने हो उनले भने,‘याे बाट म खुसी, यसैले मेरो परिवार पालेको छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...