News Portal

रेडियो सुन्नुहोस्

एमालेमै फर्किए नेकपा (एस) मा लागेका प्यूठानका दर्जनौ नेता

झुलेनी नेटवर्क२०७८ कार्तिक ७
७३४ पटक
२०७८ कार्तिक ७

प्यूठानमा नेकपा (एकीकृत समाजवादी) मा खुलेका जिल्लाका दर्जनौ नेताहरु नेकपा एमालेमै फर्केका छन् । आईतबार एक वक्तब्य जारी गर्दै संविधानसभा सदस्य हिराबहादुर केसी एमालेमै फर्किएको जनाएका छन् ।

यस अधि नेकपा एसमा लागेका पूर्व एमाले पार्टी सचिब तथा संविधानसभा सदस्य धनबहादुर रायमाझि, शोभाराम भण्डारी, दिपेन्द्र केसी, तिलबहादुर घर्ति लगायतका नेताहरु एमालेमै फर्केका थिए । उनीहरु एमालेमै फर्केर पार्टीको संगठित सदस्य नविकरण गरी कार्तिक ६ गते भएको वडा अधिबेशनमा सहभागि भएको एमाले पार्टी अध्यक्ष तुल्सीराम शर्माले जानकारी दिए ।

२०७० को निर्वाचनमा प्यूठान क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा चुनाव जितेका केसीले विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमै रहेको भनेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीले केसीलाई केन्द्रीय अनुशासन आयोग सदस्य बनाएको थियो ।

यस्तै दीपेन्द्र केसी नेकपा (एस) पार्टीका जिल्ल सचिव थिए । नेकपा (एस) पार्टीमा लागेका तिलबहादुर घर्ती र धर्मराज भण्डारी नेकपा एमालेमै फर्किएका छन् । एमाले स्रोतका अनुसार राजकुमार श्रेष्ठ, कमला राना लगायत अन्य नेताहरु पनि एमालेमै फर्कने तयारी गरेका छन् ।

। नेकपा (एस) पार्टीको केन्द्रको नेतृत्वले आफ्नो पार्टी बलियो बनाउनु भन्दा एमालेलाइ कमजोर पारेर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई बलियो बनाउने निति लिएपछि आफूहरु एमालेमै फर्केको दिपेन्द्र केसीले बताए । प्यूठान नगरपालिका वडा नं. ९ मा नेकपा एमालेबाट निर्वाचित भएर पार्टी विभाजनमा नेकपा (एस) पार्टी रोजेका २ जना सदस्यले पनि आफूहरु एमालेमै फर्केको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...