News Portal

रेडियो सुन्नुहोस्

एमालेमै फर्किए नेकपा (एस) मा लागेका प्यूठानका दर्जनौ नेता

झुलेनी नेटवर्क२०७८ कार्तिक ७
१२३७ पटक
२०७८ कार्तिक ७

प्यूठानमा नेकपा (एकीकृत समाजवादी) मा खुलेका जिल्लाका दर्जनौ नेताहरु नेकपा एमालेमै फर्केका छन् । आईतबार एक वक्तब्य जारी गर्दै संविधानसभा सदस्य हिराबहादुर केसी एमालेमै फर्किएको जनाएका छन् ।

यस अधि नेकपा एसमा लागेका पूर्व एमाले पार्टी सचिब तथा संविधानसभा सदस्य धनबहादुर रायमाझि, शोभाराम भण्डारी, दिपेन्द्र केसी, तिलबहादुर घर्ति लगायतका नेताहरु एमालेमै फर्केका थिए । उनीहरु एमालेमै फर्केर पार्टीको संगठित सदस्य नविकरण गरी कार्तिक ६ गते भएको वडा अधिबेशनमा सहभागि भएको एमाले पार्टी अध्यक्ष तुल्सीराम शर्माले जानकारी दिए ।

२०७० को निर्वाचनमा प्यूठान क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा चुनाव जितेका केसीले विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमै रहेको भनेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीले केसीलाई केन्द्रीय अनुशासन आयोग सदस्य बनाएको थियो ।

यस्तै दीपेन्द्र केसी नेकपा (एस) पार्टीका जिल्ल सचिव थिए । नेकपा (एस) पार्टीमा लागेका तिलबहादुर घर्ती र धर्मराज भण्डारी नेकपा एमालेमै फर्किएका छन् । एमाले स्रोतका अनुसार राजकुमार श्रेष्ठ, कमला राना लगायत अन्य नेताहरु पनि एमालेमै फर्कने तयारी गरेका छन् ।

। नेकपा (एस) पार्टीको केन्द्रको नेतृत्वले आफ्नो पार्टी बलियो बनाउनु भन्दा एमालेलाइ कमजोर पारेर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई बलियो बनाउने निति लिएपछि आफूहरु एमालेमै फर्केको दिपेन्द्र केसीले बताए । प्यूठान नगरपालिका वडा नं. ९ मा नेकपा एमालेबाट निर्वाचित भएर पार्टी विभाजनमा नेकपा (एस) पार्टी रोजेका २ जना सदस्यले पनि आफूहरु एमालेमै फर्केको जनाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...