News Portal

रेडियो सुन्नुहोस्

वर्षौ अलपत्र दाखाक्वाडी बर्जिवाङ सडक

टु आर क्षेत्री२०७८ कार्तिक १६
१०७४ पटक
२०७८ कार्तिक १६

जिल्लाको दाखाक्वाडि बर्जिवाङ भिंगृ सडक ट्रयाक खुलेको ५० वर्ष पूरा भएको छ । बाटो पुगेको यतिका लामो समय बितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन । कालोपत्रेको कल्पनामा दिन पर्खेका स्थानीयलाई सडक नियमति मर्मत संभार नहुँदा सास्ती भोग्न बाध्य छन् ।

सडकको स्तरोन्नति र कालोपत्रेका लागि डेढ वर्ष अघि ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको भए पनि ठेकेदार कम्पनीको लापर्बाही र अनुगमन गर्ने निकायको बेवास्ताका कारण सडक झनै जोखिमपूर्ण बनेको छ ।  वि.सं. २०२८ सालमा ट्रयाक खुलेको यो सडकको स्तरोन्नति र कालोपत्रेका लागि सडक पुर्वाधार विकास कार्यालय रोल्पाले २०७७ जेष्ठ २७ गते यस सडक खण्डको ५ किलो मिटर सडक कालोपत्रे गर्न गौरा बंगलामुखी जेभिले ११ करोड ५६ लाख ८६ हजार १३ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

सम्झौता अनुसार २ वर्षमा सक्ने गरी ठेक्का गरीएको थियो । प्रदेश गौरवको योजना अन्तर्गत जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग नामाकरण गरी यो सडक कालोपत्रेका लागि लुम्विनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास समेत गरेका थिए । ‘सडक कालोपत्रेको काम सुरु भएको डेढ वर्ष बित्यो’ स्थानीय प्रदिप जि.सी.ले भने, ‘सडक स्तरोन्नतिको अझैसम्म सकिएको छैन ।’

जि.सी.का अनुसार पछिल्लो ३ महिनादेखि काम चलेको छैन । सडकको अवस्था दिनप्रतिदिन बिग्रदै गएकोले बाँकी सम्झौताकै समयमा काम सकिनेमा स्थानीय विश्वस्त छैनन्। साँघुरो सडक, खाल्डाखुल्डी र छोटा घुम्टि भएकाले यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । छोटो दुरीमा सवारी चलाउनेहरुलाई उस्तै सास्ती छ । बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे यो सडकले स्थानीय हैरान छन् ।

गएको ३ महिनादेखि ठेग्दार वडाको सम्पर्कमा नरहेको प्यूठान नगरपालिका वडा नं २ का वडा अध्यक्ष मुक्ति पोख्रेलले बताए । ‘मैले धेरै पटक सम्पर्कमा लिने कोशिस गरे संभव भएन’, उनले भने, ‘अहिले जिल्ला प्रशासनलाई जानकारी गराएको छु ।’

स्थानीय जनप्रतिनिधिबाट ठेकेदारलाई तत्काल कार्य गर्न अनुरोध सहित पत्र आएकाले छिट्टै दुवै पक्षलाई छलफल गराई रोकिएको कार्य सुरु गर्न निर्देशन दिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। सडक डिभिजन कार्यालय रोल्पाले पनि तिहार लगत्तै काम सुरु गराउने जानकारी दिएको छ । झुलेनी पोष्ट साप्ताहिकमा प्रकाशित ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...