News Portal

रेडियो सुन्नुहोस्

लाेकप्रिय गायिका सुशिला गाैतमकाे राताे भाले अायाे “भिडियाे सहित हेर्नुहाेस”

सिखबर संवाददाता गाेविन्द विश्‍वकर्मा
१२७७ पटक
गाेविन्द विश्‍वकर्मा

लाेकप्रिय गायिका सुशिला गाैतमकाे यसपालिकाे तीज गीत राताे भाले भर्खरै सार्वजनिक भएकाे छ । नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा गायिका गाैतमले राताे भाले नामक तीज विशेष काेशेली दर्शक श्राेताकाे लागि पस्कनु भएकाे हाे । गत वर्ष चर्चित लाेक तथा दाेहाेरी गायक पशुपति शर्मा सँगकाे सहकार्यमा मलार्इ जवानीले ढुनुमुनु बनायाे भन्ने गीत बजारमा ल्याइएकी थिइन । जुन गीतले धेरै दर्शक श्राेताकाे मन पनि जितेकाे थियाे ।

अाफ्नाे दर्शक श्राेताकाे माग सांगितिक यात्राकाे निरन्तरता काे कुरालार्इ मध्यनगरमा राख्दै गायिका गाैतमले यसपटक पनि नयाँ तीज गीत बजारमा ल्याएकी हुन । जुन गीतमा बहुचर्चित लाेकदाेहाेरी गायक खुमन अधिकारीकाे स्वर एवं संगीत रहेकाे छ भने महिला अावाज र शब्द उनै गाैतमकाे रहेकाे छ ।

पछिल्लाे पुस्ताका व्यस्त निर्देशक विक्रम चाैहानकाे निर्देशन रहेकाे यस म्यूजिक भिडियाेमा चर्चित नायिका रिना थापा मगर र प्रकाश सपुतकाे अभिनय रहेकाे छ ।  प्रकाश खड्काले छायाँकन गर्नुभएकाे म्यूजिक भिडियाेकाे सम्पादन मिलन  विकले गर्नुभएकाे छ । गीतलार्इ गायिका गाैतमले अाफ्नै यूटुव च्यानल मार्फत सार्वजनिक गर्नुभएकाे छ । गीत सार्वजनिक गरेलगत्तै हामी सँग कुरा गर्दै गाैतमले यस गीतले पनि विगतका दिनका गीतहरुले जस्तै दर्शक श्राेताकाे अथाह मायाँ पाउने अाशा गरेकाे बताउनुभयाे । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।

 

भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...