News Portal

रेडियो सुन्नुहोस्

१८ वर्ष माथिका सबै प्यूठानीलाइ कोभिड विरुद्धको खोप लगाईने

तेजेन्द्र बि. एम. २०७८ मंसिर ०६
७३३ पटक
२०७८ मंसिर ०६

स्वास्थ्य कार्यालय प्यूठानले सञ्चारकर्मीहरुका लागि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार कोभिड–१९ बारे जिल्लाको पछिल्लो अवस्था र अभियानको छलफल भएको छ ।

यहि मंसिर ९ गतेदेखि १५ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा र एस्ट्राजेनिका र भेरोशिल खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई दोस्रो मात्रा खोप लगाईने भएको छ । जिल्लाका २ सय ७० खोप केन्द्रबाट १ लाख १ सय ७६ जनालाई यस अभियानमा खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिए ।

सञ्चालन हुने खोप अभियानमा ९५ हजार ५ सय खोप स्थानीय तहहरुलाई पठाइने भएको छ । यो संगै जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था बारे पनि स्वास्थ्य कार्यालय प्रमुख खड्काले जानकारी दिएका थिए । जिल्लाभर ६ हजार ९ सय १३ पिसिआर र ७ हजार ४ सय ११ एन्टिजेल विधिबाट परिक्षण गरिएको थियो । परिक्षण पश्चात पिसिआर माध्यमबाट १ हजार २ सय २५ र एन्टिजेल माध्यमबाट २ हजार ७ सय २६ जनामा पोजेटिभ देखिएको थियो । अहिलेसम्म जिल्लाभर पुरुष ६० र महिला २९ गरि ८९ जनाको मृत्यु भएको छ भने ५ जना सक्रिय सक्रमित रहेका छन् ।

खड्काले पत्रकारहरुलाई यो अभियानको व्यापक प्रचार गरि सबै नागरिक सामु सुचना पु¥याउन आग्रह गर्दै जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समिति, प्यूठानले एस्ट्राजेनिका खोप अभियान पछि घर–घरमा गएर अनुगमन समेत गर्ने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...