News Portal

रेडियो सुन्नुहोस्

१८ वर्ष माथिका सबै प्यूठानीलाइ कोभिड विरुद्धको खोप लगाईने

तेजेन्द्र बि. एम. २०७८ मंसिर ०६
८४७ पटक
२०७८ मंसिर ०६

स्वास्थ्य कार्यालय प्यूठानले सञ्चारकर्मीहरुका लागि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार कोभिड–१९ बारे जिल्लाको पछिल्लो अवस्था र अभियानको छलफल भएको छ ।

यहि मंसिर ९ गतेदेखि १५ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा र एस्ट्राजेनिका र भेरोशिल खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई दोस्रो मात्रा खोप लगाईने भएको छ । जिल्लाका २ सय ७० खोप केन्द्रबाट १ लाख १ सय ७६ जनालाई यस अभियानमा खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खड्काले जानकारी दिए ।

सञ्चालन हुने खोप अभियानमा ९५ हजार ५ सय खोप स्थानीय तहहरुलाई पठाइने भएको छ । यो संगै जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था बारे पनि स्वास्थ्य कार्यालय प्रमुख खड्काले जानकारी दिएका थिए । जिल्लाभर ६ हजार ९ सय १३ पिसिआर र ७ हजार ४ सय ११ एन्टिजेल विधिबाट परिक्षण गरिएको थियो । परिक्षण पश्चात पिसिआर माध्यमबाट १ हजार २ सय २५ र एन्टिजेल माध्यमबाट २ हजार ७ सय २६ जनामा पोजेटिभ देखिएको थियो । अहिलेसम्म जिल्लाभर पुरुष ६० र महिला २९ गरि ८९ जनाको मृत्यु भएको छ भने ५ जना सक्रिय सक्रमित रहेका छन् ।

खड्काले पत्रकारहरुलाई यो अभियानको व्यापक प्रचार गरि सबै नागरिक सामु सुचना पु¥याउन आग्रह गर्दै जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समिति, प्यूठानले एस्ट्राजेनिका खोप अभियान पछि घर–घरमा गएर अनुगमन समेत गर्ने भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...