News Portal

रेडियो सुन्नुहोस्

प्यूठान तुषाराकी उषा परियारको उपचारको लागी सहयोगको याचना

बोम बहादुर परियार२०७८ माघ ३
१२४६ पटक
२०७८ माघ ३

जिल्लाको झिमरुक गाउपालिका ७ तुषारा निवासी ३० वर्षिय उषा परियारलाई एक्कासि स्वास्थ्यमा समस्या देखियो । गत पौष २७ गते उनका श्रीमान वसन्त परियारले उषालाई प्युठान अस्पतालमा उपचार गर्न लिएर आए । बसन्तले आफ्नी श्रीमतिलाई अस्पतालमा भर्ना गराएर गाउतिर पैसा खोज्न गए ।

उषा अस्पतालमा अलपत्र भइन् । प्युठान अस्पतालका स्वास्थकर्मिहरुको टिमले उषालाई उपचार थाल्यो । पैसा खोज्न गाउँ डिडेका श्रीमान सम्पर्कमा छैनन । यता अस्पतालमा उषाको अवस्था निकै दयनिय थियो ।
अस्पतालका डाक्टर युगल नेपाल र सन्जय श्रेष्ठका अनुसार उषाको दुबै किड्निमा समस्या देखिएको बताए ।

अस्पतालका स्वास्थ्यकर्मिहरुको पहलमा उषालाई औषधिको ब्यवस्था मिलाएर केही दिन उपचार गरियो । उषाको दुबै किड्नीमा समस्या देखिएपछी डाक्टरले उषालाई बाहिर लगेर छिटो उपचार पायो भने बिरामिलाई केही सहज हुने बताउनु भएको थियो ।

अस्पतालमा उषालाई स्याहार गर्ने कोहि थिएन । गाउको एकजना चिनेको दिदिले केहिदिन अस्पतालमै बसेर माघे सक्रान्ती पनि मान्न नगई उषाको स्याहार गरिन । उनलाई खाना बस्न र स्याहारको लागि अस्पताल नजिकै रहेको सुमन सुधा होटेलका सञ्चालक टंक बहादुर थापाले गरेका थिए ।

प्युठान अस्पतालमा उपचार सम्भब थिएन

झण्डै हप्तादिन पछि गाउँ गएका श्रीमान आईतबार अस्पतालमामा आए । तर उनले उपचारका लागि पैसा लिन गएपनि ऋण पाउन सकेनन् । उनीसँग गोजिमा एक रुपैयाँ पनि थिएन । सहयोगी भावनाले होटेलका साउजी थापाले केही रकम आफै दिएर नेपाल रेडक्रसको एम्बुलेन्सलाई केही सहुलियतमा लैजान भन्दै उषालाई आईतबार बुटवल पठाए ।

अहिले उषाको उपचार बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा भैरहेको छ । उषासङ्ग उनका श्रीमान छन तर लगेको २÷४ हजार सकिएको र खाना बस्न पनि समस्या रहेको बताउछन । बुटवलमा अस्पतालका डाक्टरका अनुसार किड्निमा रहेको पानीलाई बाहिर फाल्न सके सन्चो हुन सक्ने बताउछन ।

जस्को लागि पैसाको खाचो रहेको छ । उषाको उपचारको लागि उनका आफन्त र छिमेकीले सहयोगको याचना गरीरहेका छन् । पिडित परिवारको आफ्नै फोन समेत नहुँदा प्युठानदेखि सहजीकरण गराएर पठाउने सहयोगी होटेल साउजी टंक बहादुर थापालाई ९८४७८२०१७४ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...