News Portal

रेडियो सुन्नुहोस्

प्यूठान तुषाराकी उषा परियारको उपचारको लागी सहयोगको याचना

बोम बहादुर परियार२०७८ माघ ३
१४८२ पटक
२०७८ माघ ३

जिल्लाको झिमरुक गाउपालिका ७ तुषारा निवासी ३० वर्षिय उषा परियारलाई एक्कासि स्वास्थ्यमा समस्या देखियो । गत पौष २७ गते उनका श्रीमान वसन्त परियारले उषालाई प्युठान अस्पतालमा उपचार गर्न लिएर आए । बसन्तले आफ्नी श्रीमतिलाई अस्पतालमा भर्ना गराएर गाउतिर पैसा खोज्न गए ।

उषा अस्पतालमा अलपत्र भइन् । प्युठान अस्पतालका स्वास्थकर्मिहरुको टिमले उषालाई उपचार थाल्यो । पैसा खोज्न गाउँ डिडेका श्रीमान सम्पर्कमा छैनन । यता अस्पतालमा उषाको अवस्था निकै दयनिय थियो ।
अस्पतालका डाक्टर युगल नेपाल र सन्जय श्रेष्ठका अनुसार उषाको दुबै किड्निमा समस्या देखिएको बताए ।

अस्पतालका स्वास्थ्यकर्मिहरुको पहलमा उषालाई औषधिको ब्यवस्था मिलाएर केही दिन उपचार गरियो । उषाको दुबै किड्नीमा समस्या देखिएपछी डाक्टरले उषालाई बाहिर लगेर छिटो उपचार पायो भने बिरामिलाई केही सहज हुने बताउनु भएको थियो ।

अस्पतालमा उषालाई स्याहार गर्ने कोहि थिएन । गाउको एकजना चिनेको दिदिले केहिदिन अस्पतालमै बसेर माघे सक्रान्ती पनि मान्न नगई उषाको स्याहार गरिन । उनलाई खाना बस्न र स्याहारको लागि अस्पताल नजिकै रहेको सुमन सुधा होटेलका सञ्चालक टंक बहादुर थापाले गरेका थिए ।

प्युठान अस्पतालमा उपचार सम्भब थिएन

झण्डै हप्तादिन पछि गाउँ गएका श्रीमान आईतबार अस्पतालमामा आए । तर उनले उपचारका लागि पैसा लिन गएपनि ऋण पाउन सकेनन् । उनीसँग गोजिमा एक रुपैयाँ पनि थिएन । सहयोगी भावनाले होटेलका साउजी थापाले केही रकम आफै दिएर नेपाल रेडक्रसको एम्बुलेन्सलाई केही सहुलियतमा लैजान भन्दै उषालाई आईतबार बुटवल पठाए ।

अहिले उषाको उपचार बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा भैरहेको छ । उषासङ्ग उनका श्रीमान छन तर लगेको २÷४ हजार सकिएको र खाना बस्न पनि समस्या रहेको बताउछन । बुटवलमा अस्पतालका डाक्टरका अनुसार किड्निमा रहेको पानीलाई बाहिर फाल्न सके सन्चो हुन सक्ने बताउछन ।

जस्को लागि पैसाको खाचो रहेको छ । उषाको उपचारको लागि उनका आफन्त र छिमेकीले सहयोगको याचना गरीरहेका छन् । पिडित परिवारको आफ्नै फोन समेत नहुँदा प्युठानदेखि सहजीकरण गराएर पठाउने सहयोगी होटेल साउजी टंक बहादुर थापालाई ९८४७८२०१७४ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...