News Portal

रेडियो सुन्नुहोस्

सम्पादकीय : सरकारी गाडीको दुरुपयोग रोकौं

झुलेनी नेटवर्क२०७८ माघ १८, प्यूठान
७५० पटक
२०७८ माघ १८, प्यूठान

जनप्रतिनिधि निजामती कर्मचारी, नेपाली सेना,प्रहरी चढ्ने सेतो नम्बर प्लेट झुण्डिएको गाडीलाई हामी साधारण तथा सरकारी गाडी भनेर बुझ्दछौ । सेतो नम्बर प्लेटको कागि अख्तियारी प्राप्त व्यक्ति मात्र प्रयोग गर्नु पर्छ । तर अहिले सरकारी सवारी साधनहरु सुदपयोग भन्दा दुरुपयोग बढी हुन थालेको गुनासो धेरै आउन थालेको छ । कहिले काँही सरकारी सवारी साधनहरु तरकारी ओसार्नदेखि लिएर आफन्तहरुलाई घुमाउनका लागि प्रयोग भैरहेको अवस्थामा सामाजिक सञ्जालहरुमा तस्विरहरु समेत देख्न पाईन्छ । सार्वजनिक विदाको समयमा सरकारी गाडी लिएर घुम्न अनि रमाईलो गर्न जानेहरुको लहर पनि कहिलेकाही लामै देखिन्छ । सरकारी सवारी साधनहरु व्यक्तिको सुविधा र सहुलियतमा प्रयोग गर्न पाइदैन । प्रयोग गर्न पनि हुदैन ।

 

सरकारी गाडी जनताको सेवा र कार्यसम्पादनलाई थप सहज,सरल र जनमुखी बनाउने प्रयोग गर्नुपर्छ । कर्मचारी र जनप्रतिनिधिहरुलाई सरकारी सवारी साधनको प्रयोग गर्न दिनुको उद्देश्य यो होईन की उनीहरुले यसलाई विलासिताको माध्यम बनाउन र यसको दुरुपयोग गरुन । बिडम्बना नै भन्नुपर्छ सरकारी सवारी साधनको मनोमानी प्रयोग बढ्न थालेको छ । जनताका सेवक भनिने राष्ट्रसेवकहरु चढ्ने गाडी जनताले तिरेकै करबाट चल्ने हो । यस्तो जनताको करबाट चल्ने जनतासंग प्रत्यक्ष रुपमा जोडिएको बिषयहरुमा अत्यन्त संवेदनशील बन्नु पर्ने हो । मितव्ययी तरिकाले अधिकतम प्रयोग गरिनु पर्ने हो तर दुखको कुरा यस्तो हुन सकिराखेको छैन । नत यिनको राम्रो व्यवस्थापन हुन ने सकेको छ । नत अत्यधिक सदुपयोग गर्ने चासो नै । पछिल्लो पाँच वर्षमा बर्षमा सरकारी सवारी साधनमा निकै ठुलो रकम खर्च भएको छ । कुल बजेटको ६० अर्ब भन्दा बढी रकम सवारी साधनहरु खरिदका लागि खर्च भएको देखिन्छ । यति ठुलो रकम खर्चेर खरिद गरिएका सवारी साधनहरु अत्यधिक सदुपयोग हुनु र हिफाजतका साथ प्रयोग हुन जरुरी छ ।

सरकारी सवारी साधनको प्रयोगबारे स्पष्ट नीति नहुनु नै यसको मुख्य समस्या हो । सकारी दस्तावेजहरुमा भएको व्यवस्थाहरुको पनि खासै प्रयोगमा ल्याएको र अवलम्बन गरेको पाईदैन । यसो भनिरहँदा सबैले सरकारी सवारी साधनको दुरुपयोग मात्र गर्छन सबैले नीति नियमको पालना गर्दैनन भन्न खोजेको अवश्य होईन । एकदम कम मात्रामा नियम पालना गर्ने र सदुपयोग गर्नेहरु भेटिन्छन । बतै कर्मचारीहरु आफैले दुरुपयोग गर्छन त कतै अरुलाई दिएर,त कतै अन्य विविध तरिकाले यसको दुरुपयोग भएको पाईन्छ । केन्द्रदेखि स्थानीय तहसम्म यसको चरम दुरुपयोग भएको पाईन्छ । यता राजनितिक दलका नेता कार्यकर्तादेखि कर्मचारी तहसम्म यो समस्या देखिन्छ । सरकारी सवारी साधनहरुको दुरुपयोग रोक्न विभिन्न क्षेत्रबाट प्रयासहरु भईरहे उपलब्धि खासै छैन् । सम्पूर्ण सरोकारवालाहरु जिम्मेवार भएर असल चरित्र निर्माण गर्न सके सरकारी सवारी साधनहरु दुरुपयोगको मात्रा कम गर्न सक्ने सकिन्छ । सरकारी सवारी साधनको दुरुपयोग भएको बारे जिल्ला प्रशासन कार्यालयले निगरानी बढाउन सके दुरुपयोग कम गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

गाउँपालिकाको टिमले गर्‍यो मार्सिवाङ खेलमैदान सरसफाई

माण्डवी गाउँपालिकाले मार्सिवाङ खेलमैदान सरसफाई गरेको छ । गाउँपालिकाले गत विहिबार देखि हिजो शनिबारसम्म सञ्चालन...

प्रथम अध्यक्ष कपको उपाधि सुनिलस्मृति रोल्पालाई

माण्डवी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप राष्ट्रव्यापी अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको उपाधि...

प्यूठानमा विश्व एड्स दिबसमा स्वास्थ्यकर्मी र समाजसेवी सम्मानित भए

समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ भन्ने मुल नाराका साथ ३६ औ विश्व एड्स दिवसका अवसरमा...

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु

प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता माण्डवी गाउँपालिकामा सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,...

कानुनको पालना र सरकारी आम्दानिका लागि हुलाकमार्फत ढुवानि सुनिस्चित गर्दैछौं: महानिर्देशक अधिकारी

हुलाक सेवा विभागले बिहिवार सरकारी चिठ्ठीपत्र र कागजात हुलाक मार्फत पठाउने सुनिश्चित गर्ने व्यवस्था सम्बन्धी...