News Portal

रेडियो सुन्नुहोस्

सम्पादकीय : सरकारी गाडीको दुरुपयोग रोकौं

झुलेनी नेटवर्क२०७८ माघ १८, प्यूठान
१३४४ पटक
२०७८ माघ १८, प्यूठान

जनप्रतिनिधि निजामती कर्मचारी, नेपाली सेना,प्रहरी चढ्ने सेतो नम्बर प्लेट झुण्डिएको गाडीलाई हामी साधारण तथा सरकारी गाडी भनेर बुझ्दछौ । सेतो नम्बर प्लेटको कागि अख्तियारी प्राप्त व्यक्ति मात्र प्रयोग गर्नु पर्छ । तर अहिले सरकारी सवारी साधनहरु सुदपयोग भन्दा दुरुपयोग बढी हुन थालेको गुनासो धेरै आउन थालेको छ । कहिले काँही सरकारी सवारी साधनहरु तरकारी ओसार्नदेखि लिएर आफन्तहरुलाई घुमाउनका लागि प्रयोग भैरहेको अवस्थामा सामाजिक सञ्जालहरुमा तस्विरहरु समेत देख्न पाईन्छ । सार्वजनिक विदाको समयमा सरकारी गाडी लिएर घुम्न अनि रमाईलो गर्न जानेहरुको लहर पनि कहिलेकाही लामै देखिन्छ । सरकारी सवारी साधनहरु व्यक्तिको सुविधा र सहुलियतमा प्रयोग गर्न पाइदैन । प्रयोग गर्न पनि हुदैन ।

 

सरकारी गाडी जनताको सेवा र कार्यसम्पादनलाई थप सहज,सरल र जनमुखी बनाउने प्रयोग गर्नुपर्छ । कर्मचारी र जनप्रतिनिधिहरुलाई सरकारी सवारी साधनको प्रयोग गर्न दिनुको उद्देश्य यो होईन की उनीहरुले यसलाई विलासिताको माध्यम बनाउन र यसको दुरुपयोग गरुन । बिडम्बना नै भन्नुपर्छ सरकारी सवारी साधनको मनोमानी प्रयोग बढ्न थालेको छ । जनताका सेवक भनिने राष्ट्रसेवकहरु चढ्ने गाडी जनताले तिरेकै करबाट चल्ने हो । यस्तो जनताको करबाट चल्ने जनतासंग प्रत्यक्ष रुपमा जोडिएको बिषयहरुमा अत्यन्त संवेदनशील बन्नु पर्ने हो । मितव्ययी तरिकाले अधिकतम प्रयोग गरिनु पर्ने हो तर दुखको कुरा यस्तो हुन सकिराखेको छैन । नत यिनको राम्रो व्यवस्थापन हुन ने सकेको छ । नत अत्यधिक सदुपयोग गर्ने चासो नै । पछिल्लो पाँच वर्षमा बर्षमा सरकारी सवारी साधनमा निकै ठुलो रकम खर्च भएको छ । कुल बजेटको ६० अर्ब भन्दा बढी रकम सवारी साधनहरु खरिदका लागि खर्च भएको देखिन्छ । यति ठुलो रकम खर्चेर खरिद गरिएका सवारी साधनहरु अत्यधिक सदुपयोग हुनु र हिफाजतका साथ प्रयोग हुन जरुरी छ ।

सरकारी सवारी साधनको प्रयोगबारे स्पष्ट नीति नहुनु नै यसको मुख्य समस्या हो । सकारी दस्तावेजहरुमा भएको व्यवस्थाहरुको पनि खासै प्रयोगमा ल्याएको र अवलम्बन गरेको पाईदैन । यसो भनिरहँदा सबैले सरकारी सवारी साधनको दुरुपयोग मात्र गर्छन सबैले नीति नियमको पालना गर्दैनन भन्न खोजेको अवश्य होईन । एकदम कम मात्रामा नियम पालना गर्ने र सदुपयोग गर्नेहरु भेटिन्छन । बतै कर्मचारीहरु आफैले दुरुपयोग गर्छन त कतै अरुलाई दिएर,त कतै अन्य विविध तरिकाले यसको दुरुपयोग भएको पाईन्छ । केन्द्रदेखि स्थानीय तहसम्म यसको चरम दुरुपयोग भएको पाईन्छ । यता राजनितिक दलका नेता कार्यकर्तादेखि कर्मचारी तहसम्म यो समस्या देखिन्छ । सरकारी सवारी साधनहरुको दुरुपयोग रोक्न विभिन्न क्षेत्रबाट प्रयासहरु भईरहे उपलब्धि खासै छैन् । सम्पूर्ण सरोकारवालाहरु जिम्मेवार भएर असल चरित्र निर्माण गर्न सके सरकारी सवारी साधनहरु दुरुपयोगको मात्रा कम गर्न सक्ने सकिन्छ । सरकारी सवारी साधनको दुरुपयोग भएको बारे जिल्ला प्रशासन कार्यालयले निगरानी बढाउन सके दुरुपयोग कम गर्न सकिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रेस सेन्टर प्यूठानले बुझायो प्रजिअ मार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र

प्रेस सेन्टर नेपाल प्यूठानले प्रमुख जिल्ला अधिकारी मार्फत सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। पत्रकारका हक हित...

निर्माण ब्यवसायी संघको पदभार ग्रहण सम्पन्न

निर्माण ब्यबसायी संघ प्यूठानमा निर्बाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यालय...

नयाँ लाइन तानेर थापाडाँडाको खानेपानी योजना चल्यो

प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ । नेपाल...

समाचार लेखन र न्यु मिडिया सम्बन्धि तालिम भिंग्रीमा सम्पन्न

समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीमा सम्पन्न भएको छ ।...

विजय फूलबारीले मनायो एकीकरण पछिको तेश्रो स्थापना दिवस

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एकीकरण पछिको तेश्रो स्थापना दिवस मनाएको छ।...