News Portal

रेडियो सुन्नुहोस्

दस बुँदे वक्तव्य जारी गर्दै नेकपाले लियो जिम्मा

झुलेनी पोष्ट२०७८ फागुन ९
८७४ पटक
२०७८ फागुन ९

नेकपा प्युठानले दस बुँदे वक्तव्य जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ ।

नेकपाका जिल्ला सेक्रेटरी अजयद्धारा हस्ताक्षरीत वक्तव्यमा मल्लरानी ५ सरङकोट स्थित भूमे विकास आधारभुत विद्यालयको कक्षा ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा संकाशपद व्यक्तिलाई संरक्षण गरेको, उक्त विद्यालयका शिक्षक शिक्षिकालाई अभिभावकले सामाजिक बहिष्कार गर्दा पनि गाउँपालिकाले संरक्षण गरेको, प्रदेशबाट प्राप्त ३६ लाख बजेट प्रमुख प्रशासकिय अधिकृतले फ्रीज गरेको र अहिले ३० लाख बजेट विनियोजन गरि स्टेटमेन्ट अनुसार काम नगरेको, सरकारले छुट्टाएको बजेटमा व्यक्तिगत तमसुक बनाएर मात्र बजेट विनियोजन गर्ने गरेका तमसुक नगराएमा फ्रिज गर्नेधम्की दिने गरेको, झाँक्रिस्थान र वडा नं. ५ को बाटो मर्मत नहुँदा यातायातमा समस्या हुने गरेको, विपन्न परिवारलाई वितरण गर्ने सोलार विजुली बत्ति बल्ने घरमा वितरण गर्ने गरेको लगायतको आरोप लगाएको छ ।

त्यस्तै कोभिड १९ को खर्च जनताले माग्दा पनि सार्बजनिक नगरेको, जस्तापाता पनि कमिसनमा पक्कि घरमा दिएको लगायत जनताको फोन नउठाउँने र जनतासंग जे मुखमा आयो त्यहि बोल्ने गरेको कारणले गर्दा कालो मोसो दल्न बाध्य भएको नेकपा प्यूठानले स्पष्ट पारेको छ ।

मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका थिए । वडा नम्बर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी यूवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले प्रतिक्रिया दिएका छन् ।

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ,’ थापाले भने, ‘एक्कासी यूवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्ल सहितको यूवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...