News Portal

रेडियो सुन्नुहोस्

युवक संघद्वारा सिडियोलाई ज्ञापन पत्र

झुलेनी पोष्ट२०७८ फागुन ११
४५३ पटक
२०७८ फागुन ११

अखिल नेपा युवक संघ प्यूठानले मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमरध्वज राना एवं प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई भएको अभद्र व्यवहारको विषयलाई प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

आफूलाई विप्लव समुहको कार्यकर्ता बताउने गोपिलाल सुनार समेतको जत्थाले फागुन ९ गते दिउँसो हातपात गर्दै कालोमोसो दलेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख जिल्ला अधिकारी खिमराज भुषाललाई ज्ञापन पत्र बुझाएको हो संघका का.वा. अध्यक्ष कमल पौडेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा मल्लरानी गाउँपालिका वडा नं. ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयको पठनपाठन सहजीकरणको लागि विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारी सहित भएको छलफलमा सो जत्थाले आतंक सिर्जना गरी अपमानजनक र अमानवीय कार्य भएको भन्दै सो घटनाको भत्र्सना गरेको छ ।

घटनामा संलग्न रहेका सुनार सहितका आपराधिक कार्यमा संलग्नहरुलाई कानुनी कारवाहीका लागि जाहेरी दिदा समेत प्रहरी र प्रशासनले निजहरुलाई पक्राउ गर्न उदासिन भई पक्राउ गर्न नसक्नु दुखद विषय भएको आरोपल लगाएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...