News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीमा थपिए तरकारी खेतीका १ सय नयाँ टनेल

झुलेनी नेटवर्क२०८२ असार ३१
७७३ पटक
२०८२ असार ३१

मल्लरानी गाउँपालिका वडा नं. ५ सरङ्गकोटका मुकुन्द मल्ल तीन वर्षअघि बैदेशिक रोजगारीबाट फर्किए । गाउँमा रोजगारी नहुने र गरिरहेको परम्परागत कृषिबाट आम्दानी पनि नहुने हुँदा ‘अव के गर्ने ?’ भनेर सोचिरहेका थिए । त्यहिबेला गाउँमा समुहमार्फत आधुनिक ब्यवसायिक कृषि खेतीको कुरा आयो । अहिले उनले ब्यवसायिक तरकारी खेती र बाख्रापालन गरिरहेका छन् ।

मल्लजस्तै मल्लरानी गाउँपालिका वडा नं. ३ खैन्डाँडाका कर्ण बहादुर पुन पनि ब्यवसायिक कृषि खेती गरिरहेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेका उनले अहिले यो पेशालाई नै आम्दानीको मुख्य श्रोत बनाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले मल्लरानी गाउँपालिकाका कृषकहरुलाई ब्यवसायिक कृषि खेती गर्न सहयोग पुर्याएको छ । कार्यक्रममार्फत मल्लरानी गाउँपालिकामा तरकारी खेतीका लागि १ सय नयाँ टनेल थपिएका छन् । आधुनिक र ब्यवसायिक कृषि खेतीका लागि वडा नं. ३ को खैन्डाँडा र वडा नं. ५ को सरङ्गकोटमा नयाँ टनेल थपिएका हुन् ।

खैन्डाँडाका २ स्थानमा ४ जना कृषकले २९ वटा र सरङ्गकोटका ३ स्थानमा ११ जना कृषकले ७१ वटा नयाँ टनेल थपिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई प्यूठानबाट तरकारी पकेट क्षेत्र स्थापना गर्न कृषकसंग साझेदारी गरिएको कार्यालय प्रमुख चुमान सिंह गिरीले बताए । खैन्डाँडामा मल्चिङ, विउ, विसादी, थोपा सिचाइ र सिचाई पोखरी सहित २९ वटा टनेल निर्माणका लागि कार्यालयबाट ३ लाख ४५ हजार खर्च भएको छ । भने, सरङ्गकोटमा सुक्ष्म खाद्यतत्व , मल ,विउ ,विषादी, सिचाई पोखरी सहित ७१ वटा टनेल निर्माणका लागि कार्यालयबाट ८ लाख ३० हजार खर्च भएको छ । उक्त कार्यक्रममा कृषकको थप ५० प्रतिशत लागत रहेको कार्यालय प्रमुख गिरीले बताए ।

उत्पादित कृषि सामाग्रीको बजारीकरणमा मल्लरानी गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...