News Portal

रेडियो सुन्नुहोस्

महोत्सवको स्टल ९ मा किवीदेखि कोदोसम्म

झुलेनी नेटवर्क२०८१ पौष १०
८४५ पटक
२०८१ पौष १०

प्रथम भित्रिकोट प्यूठान महोत्सवमा आयोजकले स्थानीय कृषकलाई निःशुल्क उत्पादन विक्रीको प्रबन्ध मिलाएपछि स्थानीय उत्पादक खुसी भएका छन् । अर्ग्यानिक उत्पादनमा दर्शक पनि आकर्षित भएका छन् । १३ दिनसम्म चल्ने महोत्सवमा स्टल नं. ९ स्थानीय उत्पादन रुचाउनेका लागि आकर्षक स्टल बनेको छ ।

गौमुखी गाउँपालिका ३ रजवाराका नरेन्द्र मल्ले सञ्चालन गरेको सुमन जडीबुटी, फलफूल तथा कृषि नर्सरी फर्मले उक्त स्टलमा किवीको फल बिक्रीका लागि राखेको छ । किवी फल र सुकाइएको किवीका साथै खुङ्गमा उत्पादन भएको कोदोको पिठो, कागतीको रस, बेलौती, सुन्तला लगायतका फलफूल र अन्न स्टलमा राखिएको स्टलमा रहेकी प्रदर्शक सुन्दरी चन्दले बताइन् ।

ग्रेडिङ गरिएको किवी २ सय देखी ३ सय रुपैयाँ प्रतिकेजी, कोदोको पिठो १ सय रुपैयाँ प्रतिकेजी, कागतीको रस १ सय ८० मिलिको १ सय ५० रुपैयाँ, सुन्तला र बेलौती ८० रुपैयाँ प्रतिकेजीका दरले बिक्री भइरहेको उनले बताइन् । बिक्री गर्नका लागि मल्लले ४ क्विन्टल किवी ग्रेडिङ र प्याकेजिङ्ग गरेर महोत्सवमा ल्याएका छन् । मल्लले रजवारामा १२ रोपनी जमिनमा किवी खेती गरेका छन् । ६ वर्षअघि काठमाण्डौबाट २५ वटा बिरुवा ल्याएर किवी खेती सुरु गरेका मल्लले यो वर्ष २५ क्विन्टल किवी उत्पादन गरेको बताए । ‘हालसम्म ५ क्विन्टल बिक्री भइसकेको छ ।’ मल्लले भने–‘२५ क्विन्टल बेच्न सकियो भने ६ लाख आम्दानी हुन्छ ।’ किवीका साथै उनले टिमुर, अलैँची, बेसार, दाँते ओखर, स्याउ, केसर लगायतको खेती गरेका छन् ।

महोत्सवको स्टलमा किवीसँगै अन्य स्थानीय उत्पादनहरू किन्न चाहने ग्राहकलाई सहज होस् भनेर सामाग्रीहरू राखिएको गाउँपालिकाले जनाएको छ । पालिकाको सहजिकरणमा स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सवमा गौमुखीको उत्पादन पुर्‍याइएको पालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...