News Portal

रेडियो सुन्नुहोस्

आगलागी रोक्न स्थानीय तहहरूमा  पूर्व तयारी कार्यक्रम

झुलेनी नेटवर्क२०८१ माघ ३०
७१३ पटक
२०८१ माघ ३०

जिल्ला प्रशासन कार्यालय प्यूठानको अगुवाइमा जिल्लाका ९ वटै स्थानीय तहहरूमा आगलागी जोखिम न्यूनीकरणका पूर्व तयारी कार्यक्रमहरू सम्पन्न भएका छन् । समिति गठन,पालिका स्तरमा छलफल, अन्तरक्रिया लगायत कार्यक्रम सकिएको जिल्ला प्रशासन कार्यालयले प्यूठानले जनाएको छ । सोही कार्यक्रम अन्तर्गत सोमबार गौमुखी गाउँपालिकामा कार्यक्रम गरेर पहिलो चरणको कार्यक्रम सकिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले बताइन । पालिका स्तरको अन्तरक्रिया कार्यक्रममा आगलागी जोखिम न्यूनीकरण तथा पूर्व तयारीका लागि कार्य योजना बनाएको छ ।  डिभिजन वन कार्यालय प्युठानसँगको सहकार्यमा कार्यक्रम प्रशासनले सबै पालिकाहरूमा कार्यक्रम गरेको हो ।

आगलागीका घटना हुन नदिन समयमै सबै सचेत भएर अगाडि बढ्न आवश्यक रहेकाले सबै पालिकाहरूका कार्यक्रम गरिएको आचार्यले  बताइन  । उनले आगलागी पूर्व जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने सावधानी, कानुनी विषय, खोज तथा उद्धार सम्बन्धी तालिमको योजना समेत बनेको बताइन् ।

कार्यक्रममा आगलागी घटना घटाउने व्यक्तिलाई कानुनी कारबाही बारे जनकारी, वडा स्तरीय आगलागी पूर्व तयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन गरिएको छ । कार्य योजना अनुसार वडा अध्यक्ष संयोजक रहने गर समिति गठन तथा परिचालन गर्ने निर्णय भएको छ । कार्यदलले सम्पर्क ब्याक्ति तोकी प्रत्येक दिनको घटना विवरण जिल्ला सुरक्षा संयन्त्र समितिमा पठाउने छन् ।

आगलागी लाग्न दिनुभएन तर लागि हाल्यो भने पनि नियन्त्रणको पूर्व तयारीमा जुट्नुपर्ने दायित्व वडा, पालिका र सामुदायिक बन र स्थानीय जनताको भएकोले उनीहरूलाई जिम्मेवार बनाउन पालिका स्तरमा कार्यक्रम गरेको आचार्यको भनाइ छ ।

डिभिजन वन कार्यालयका प्यूठानका डिभिजन प्रमुख धनेश्वर न्यौपानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि  कार्यालय तथा विभिन्न वन उपभोक्ता समूह, समुदायलाई परिचालन गर्ने गरी योजना बनेको बताए । जङ्गलमा अनावश्यक रूपमा बढेको झाडी सफाइ गर्ने, बुट्यान कटान गर्ने काम नियमित गर्न स्थानीय स्तरमा सचेतना हुनुपर्ने उनले बताए । सामुदायिक बन उपभोक्ता समितिले सामुदायिक वनबाट आएको आन्तरिक आम्दानी बन जोगाउने कार्य, डढेलो नियन्त्रण, आय आर्जनका क्षेत्रमा लगानी गरे आगलागीका घटना घट्न सक्ने न्यौपानेले बताए  । ‘आगलागीको मुख्य इन्धन स्याउला, सोत्तर, घाँस हो । आगलागीलाई बढवा दिने बस्तु हावा र आगोको स्रोत सलाई लाइटर भएकोले यसलाई समुदायले सही व्यवस्थापन गर्न पर्छ,’ उनले भने,‘आगलागीको घटनामा कमी ल्याउन सबै पक्ष लाग्नु पर्छ ।’

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आगलागी नियन्त्रणको कार्यलाई गाउँ गाउँमा जनचेतनाको रूपमा अभियान चलाउनुपर्ने बताउँछन् । यो अभियान सफल बनाउन सबैको सहकार्य र क्रियाशीलतामा मात्र सम्भव हुने भएकोले अभियानमा जुट्न पर्ने बताउँछन् । ‘अबका ४ महिनामा आगलागीका घटना धेरै हुने गर्छन् । त्यसको लागि पूर्व तयारीमा जुट्नुपर्ने हुन्छ,’ उनले भने, “सकेसम्म आगो लाग्नै नदिने लागिहाल्यो भने आगोलाई सानोमै नियन्त्रणमा लिने प्रयास गर्नुपर्नेमा पहल गरौँ ।”

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...