News Portal

रेडियो सुन्नुहोस्

करोडको बेसार प्रशोधन केन्द्र सञ्चालनमा आएन

बोम बहादुर परियार २०८२ साउन ११
८२४ पटक
२०८२ साउन ११

जापान सरकारले १ करोड बढि लागतमा निर्माण गरेर प्यूठान नगरपालिकालाई हस्तान्तरण गरेको बेसार प्रशोधन केन्द्र अलपत्र परेको छ । प्यूठान नगरपालिका – ८ गेजवाङ्गमा रहेको बेसार प्रसोधन केन्द्र प्रयोगविहिन बनेको हो । प्रशोधन केन्द्र सञ्चालनमा प्यूठान नगरपालिकाको ध्यान,व्यवस्थापन र योजना नहुँदा करोड लागतको उद्योग अलपत्र परेको स्थानीयले गुनासो गरेका छन् ।

बेसार प्रशोधन केन्द्र अन्तरगत कृषकले पाउनुपर्ने १० वटा हाते ट्याक्टर र २ वटा मिल अझैसम्म नपाएको स्थानीय कृषक ऋषिराम पौडेलले बताए । २०८० पुस ३ गते प्रशोधन केन्द्र उद्घाटन गरिएको थियो । प्रशोधन केन्द्रमा प्यूठान नगरपालिकाले करार सेवामा एकजना कर्मचारी समेत भर्ना गरेको थियो । प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा त्यहाँ राखिएको कर्मचारीको काम कुरुवा जस्तै भएको छ ।
बेसार प्रशोधन केन्द्र स्थानीय सरकारलाई हस्तान्तरण भएसंगै स्थानीय कृषकलाई व्यवसायी बनाउन कृषकलाई बेसारको विउ वितरण, तालिम लगायतका कार्यक्रम गरिएको थियो । तर, प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा जंगली जनावरबाट हैरान भएर बेसार खेतिमा लागेका किसानले समस्या भोगेको वडाध्यक्ष पदम बहादुर थापा क्षेत्रीले बताए ।

 


पूर्व वडाअध्यक्ष लिलाप सिंह के‍.सीले स्थानीय कृषकलाई व्यवसायी र आत्मनिर्भर बनाउन जापान सरकारसंगको सहकार्यमा प्रशोधन केन्द्र स्थापना भएपनि सञ्चालनमा नआउँदा स्थानीय निराश भएको बताए । सुरुमा परीक्षणका लागि नगरपालिकाले स्थानीय कृषकबाट ३ सय किलाे बेसार खरिद गरेको थियो । उद्घाटन लगत्तै मेसिन बिग्रेपछि सञ्चालन गर्न नसकिएको प्यूठान नगरपालिका कृषि शाखा प्रमुख श्रृजना सेढाईले बताईन् ।
चालु आर्थिक वर्षदेखि प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको उपमेयर देबेन्द्र बर्माले बताए । प्रशोधन केन्द्र सञ्चालनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको बर्माले जानकारी दिए। गत आर्थिक वर्षमा पनि प्रशोधन केन्द्रका लागि ८ लाख विनियोजन गरिएको थियो । त्यसबाट २ लाख ९० हजार ७ सय १९ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...