News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा यस वर्ष धान उत्पादन बढ्यो

शशिधर भण्डारी२०८१ कार्तिक २९
७६६ पटक
२०८१ कार्तिक २९

यस वर्ष धान उत्पादन वृद्धि भएपछि प्यूठानका किसान खुसी भएका छन् । उचित समयमा भएको वर्षा, उन्नत जातको धानको बीउ छनोट र रोगको प्रकोप नदेखिएपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष ३ हजार ३ सय ४६ मेट्रिक टन बढी धान उत्पादन भएको छ ।

उचित समयमा भएको वर्षा, उन्नत जातको धानको बीउ छनोट र रोगको प्रकोप नदेखिएपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो ।

कार्यालयका प्रमुख उमेशचन्द्र श्रेष्ठका अनुसार यस वर्ष जिल्लामा २५ हजार ३ सय १३ दशमलव ७५ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष २१ हजार नौ सय ६७ मेट्रिक टन धान उत्पादन भएको थियो । कार्यालयका अनुसार छ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । जिल्लामा सबैभन्दा बढी प्यूठान नगरपालिका र सबैभन्दा कम नौबहिनी गाउँपालिकामा धान उत्पादन हुने गरेको छ । जिल्लामा उन्नत जातका बीउको प्रयोग गर्न थालिएको र मौसमले साथ दिएकाले उत्पादनमा वृद्धि भएको श्रेष्ठको भनाइ छ । उन्नत बिउमा सहयोग पुग्दा धान उत्पादन बढेको प्यूठान नगरपालिका–२ कि कृषक शर्मिला रावतले बताइन । सावित्री जातको उन्नत बिउको प्रयोगले गाउँका किसानहरूको धान उत्पादन बढेको  उनले बताइन्  । धानको उन्नत बिउ उत्पादनको काम गर्दै आएको विजयनगर साना किसान सहकारी संस्थाको अध्यक्ष समेत रहेकी उनले उन्नत बिउको प्रयोग गर्दा रोगव्याधीमा कमी हुनाले पनि उत्पादन बढेको सुनाइन् ।

प्युठानका केही फाँटहरूमा सीमित सिँचाइ सुविधा उपयोग गरी कृषकले चैते धानको समेत खेती गर्न थालेका छन् । जिल्लाको प्यूठान नगरपालिका, मल्लरानी र ऐरावती गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । प्यूठानमा धान उत्पादन वृद्धि तथा प्रोत्साहनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई ले धान जोनका रूपमा काम गर्दै आइरहेको छ ।

प्यूठानका किसानले चैते पाँच, हर्दिनाथ–एक र हर्दिनाथ–तीन जातका बिउ चैते धानका रूपमा र वर्षा याममा  राधा–१२, राधा–१४, सावित्री, हर्दिनाथ–छ जातका धानको बिउ प्रयोग गर्दै आएका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...