News Portal

रेडियो सुन्नुहोस्

नेकपा मसालले निकालेको विज्ञप्ती प्रति नेकपा (एमाले) मल्लरानीको ध्यानाकर्षण (विज्ञप्ती सहित)

झुलेनी नेटवर्क२०७८ फागुन ११, प्यूठान
१७५२ पटक
२०७८ फागुन ११, प्यूठान

नेकपा एमालेद्वारा नेकपा मसाललाई ध्यानाकर्षण नेकपा एमाले मल्लरानी गाउँपालिका कमिटिले नेकपा मसालले निकालेको विज्ञप्तीप्रति आफ्रनो ध्यानाकर्षण भएको जनाएको छ ।

फागुन ९ गते मल्लरानी गाउँपालिका वडा नं. ५ को भुमि विकास आधारभूत विद्यालयमा भएको विषयलाई लिएर मसालले १० गते निकालेको विज्ञप्ती प्रति आफुहरुको ध्यानाकर्षण भएको जनाउँदै नेकपा मसालले निकालेको विज्ञप्तीको खण्डन गरेको हो । विज्ञप्तीमा अनावश्यक र अतिरञ्जित भ्रमपूर्ण व्यवहार नगर्न आग्रह गरिएको छ ।

मुलुकमा लोकतन्त्र, शान्ति, अभिव्यक्ति स्वतन्त्रता तथा संविधानले दिएको नागरिकको हक अधिकार प्राप्तिका लागि शान्तिपूर्ण ढंगले आफ्ना गतिविधिहरु सञ्चालन गरीरहेको नेकपा एमालेलाई अनावश्यक आरोप लगाउने मसाललाई पुष्टि गरेर देखाउन चुनौती दिएको हो । अध्यक्ष शुनिल शाही लेकाली र सचिव नोमराज पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा समाजमा उदण्ड तथा शान्ति खलल पार्ने, गैर कानुनी रुपमा कहिले पनि संलग्न नहुने र जवरजस्त हाम्रो पार्टी र कार्यकर्तालाई पुर्वाग्रहपुर्ण तरिकाले संलग्न भएको आरोप लगाउने अहिलेको गठबन्धन सरकारको समर्थन गरेको पार्टी र नेकपा मसालले आफूले लगाएको आरोप तुरुन्त सच्चाउन विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...